कञ्चनपुर,बैशाख २३ गते । कञ्चनरुप नगरपालिकाका प्रवक्ता राजकुमार साहले व्यपारीहरुलाई नगरपालिका तोकेको मापदण्ड अनुसार व्यापार व्यवसाय गर्न आग्रह गरेका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय सप्तरीको आयोजना तथा कञ्चनरुप व्यापार संघको समन्वयमा बिहीबार कञ्चनपुर बजारमा आयोजित बजार विस्तार तथा अन्तक्रिया कार्यक्रममा प्रवक्ता साहले सो कुरा बताएका हुन् । ‘कञ्चनरुप नगरपालिका –८को अवस्था गम्भिर छ ।
एउटै वडामा २८ जना संक्रमित भएको अवस्था छ । तर तपाईहरु नगरपालिकाले तय गरेको मापदण्ड अनुसार व्यापार व्यवसाय संचालन गर्नुका सट्टा विना मापदण्ड आपूm खुशी गरिरहनुु भएको छ ।’ कञ्चनरुप नपा–८का वडाअध्यक्ष समेत रहेका साहले थुुप्रै व्यापारीहरुले फोन गरेर प्रहरी लगाएर बल प्रयोग गर्न सुुझाब दिएको बताउँदै भने,‘ हामी बल प्रयोगको पक्षमा छैनौं ।
थोरै पैसाका लागि ज्यान जोखिममा नराख्न म आग्रह गर्छु । तपाईहरु कुरा मान्नुु हुन्न भन्ने यसबाट सिर्जित हुने भयावह स्थितीमा लाश गाडन नगरपालिकाले नि ःशुल्क जेसीभि उपलब्ध गराउनुु बाहेक अर्को विकल्प हुनेछैन ।’ घरेलु तथा साना उद्योग कार्यालय सप्तरीका प्रमुख सन्तोष साहले व्यापारीहरुले कृत्रिम अभाव सिर्जना गर्न नहुने बताएका थिए । उनले भने,‘ महामारीको यस्तो अवस्थामा मापदण्ड सहित नियमसंगत रुपमा व्यापार व्यवसाय गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा कञ्चनरुप व्यापार संघका उपाध्यक्ष कृष्णहरी ढकाल,इलका प्रशासन कार्यालयका प्रतिनिधि रामकुमार चौधरी,बाणिज्य तथा उपभोक्ता हित सरंक्षण कार्यालयका दिलीप खंग र पत्रकार भोला पासवानले आ–आफना भनाई राखेका थिए ।
प्रतिक्रिया