कञ्चनरुप नपाले जिल्लामै पहिलो पटक ३० वेडको आइसोलेशन र होल्डिङ्ग सेन्टर सञ्चालनमा ल्यायो

  • बैशाख २४, २0७८
  • 0
...

कञ्चनपुर,बैशाख २४ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा जिल्लका १८ पालिकामध्ये सबभन्दा पहिले होल्डिङ सेन्टर र ३० वेडको आइशोलेशन संचालनमा ल्याएको छ ।

कञ्चनरुप नगरपालिकाले अक्सिजन सहित ३० वेडको आइशोलेशन र सर्वोदय माध्यमिक विद्यालयमा होल्डिङ्ग सेन्टर संचालनमा ल्याएको छ । शुक्रबार सप्तरीको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल,जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुुख दुनियाला यादब सहितका टिमले उक्त होल्डिङ्ग सेन्टर आइशोलेशन सेन्टर निरीक्षण गरेका थिए । 

निरीक्षण गर्ने क्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि  पोखरेलले कञ्चनरुप नगरपालिकाले उदाहरणीय काम गरेको बताउँदै अरु नगरपालिकाले पनि सिक्नुु पर्ने बताएका थिए । यसअघि भारतबाट आएका नेपाली सोझै घर पुग्ने गरेका थिए ।  कञ्चनरुप नगरपालिकामा गत बैशाख १९ गते भारतबाट आएका ६ जनामा ऐन्टिजेन विधिबाट परिक्षण गर्दा ३ जनामा कोरोना संक्रमम पुष्टि भएपछि नगरपालिकाले तत्काल होल्डिङ्ग सेन्टर संचालन गर्ने निर्णय गरेको हो । कञ्चनरुप नगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत नवराज खडकाले भने,‘ अव बाहिरबाट आएकाहरु सिधै घरमा गएर बस्न पाउँदैनन् । होल्डिङ्ग सेन्टरमा होल्ड गरेर जाँचपछि नेगेटिभ आएकाहरुलाई घर पठाउने र संक्रमितहरुलाई अवस्था हेरेर उपचारमा ।’

कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक डम्बर प्रसाद गुप्ताका अनुसार प्रत्येक वडामा २ जना स्वयमसेवक र जनप्रतिनिधिहरुलाई बाहिरबाट आएकाहरुबारे सूचना संकलन र होल्डिङ्ग सेन्टरसम्म ल्याउन व्यवस्था गरिएको बताए ।

प्रतिक्रिया