राजकुमार साह
कञ्चनपुर,बैशाख २४ गते । सप्तरीकाे गजेन्द्र नारायण सिंह असपतालमा शुक्रवार ८७ जनामा पिसिआर प्रविधिवाट जाँचगर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सप्तरीको १८ पालिका मध्य ९ ओटा पालिकामा एकै दिनमा यतिको संक्रमण भेटिएको छ । जसमध्ये, राजविराज नगरपालिकामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै गरी कञ्चनरुप नगरपालिकाका वडा नं. २ का ६२ वर्षिय पुरुष र १२ का ६५ वर्षिय पुरुष , महदेवा गा.पा.का एक जना ३५ वर्षिय पुरुषमा,डाक्नेश्वरी गा.पा. वडा नं.६ का एक जनामा , तिलाठि कोईलाडि गा.पा.वडा नं.१ का एक जनामा, सरुङ्गा न.पा.वडा नं.४ का एक जनामा , वडा नं. १का २ जनामा , वडा नं. ७ का २ जनामा, वडा नं. २ का एक जनामा , खडक न.पा. वडा नं. ३ का एक जनामा , रुपनि गा.पा. वडा नं. ४ का एक जनामा र राजविराज नगरपालिकाका वडा नं. ७का ४ जनामा, वडा नं. १ का एक जनामा , वडा नं. २ का तिन जनामा,वडा नं. ६ का दुई जनामा, वडा नं. ८का दुई जनामा र वडा नं. १२का एक जनामा कोरोना संक्रमण पुष्टि भएको असपतालका सूचना अधिकारी सूर्यकान्त झाले वताए ।
हाल सम्म गजेन्द्रनारायण सिंह असपतालमा २० जना कोरोना संक्रमित ऐडमिट रहेपनि ९ जनाको ओक्सीजनमा उपचार भईरहेको झाले वताए ।
प्रतिक्रिया