कोरोना संक्रमणबाट कञ्चनरुपमा एक जना सहित सप्तरीमा २ जनाकाे मृत्यु, कञ्चनरुपमा कूल ७८ संक्रमितमध्ये वडा नम्बर ८ कै ४५ जना  

  • बैशाख २९, २0७८
  • 0
...

कञ्चनपुर,वैशाख २८ गते । सप्तरीको कञ्चनरुप नगरपालिका–८ कोरोनाको हटस्पट बन्दैछ । मंगलबार दिउँसो कोरोना सक्रमित एक ६१ बर्षिया महिलाको मृत्युु भएको छ ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा न.१ भलुवाका ६१ वर्षीय पुरुष उपचारका क्रममा मंगलबार बिहान १०:०० बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ।

वडा नम्बर ८ती महिलाको घरमा परिवारमा ४ जना कोरोना संक्रमित थिए । उनीहरु सबै होम आइशोलेशनमामा बसीरहेका थिए । संक्रमितमध्ये सबभन्दा पाको उमेरकी ती महिलाको मृत्युु भएको कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । कञ्चनरुप नपा–८कै एक ४५ बर्षिया र अर्को ६० बर्षिया महिलालाई श्वासप्रश्वासमा समस्या भएपछि विराटनगर रेफर गरिएको छ । 
कञ्चनरुपमा सक्रिय कोरोना संक्रमितको संख्या ७८ पुगेको छ । कञ्चनरुप नपा–८का एक विवाहमा सहभागीमध्येका अधिकाशलाई कोरोना संक्रमण भएको पाइएको छ । विवाहको भोजमा सहभागी अधिकाशलाई कोरोना पोजेटिभ देखिएको छ ।  

कञ्चनरुप नगरपालिकाले सूचना जारी गर्दै नगरपालिका भित्र लाग्ने सबै हाट बजार बन्द गरेको छ । कुन व्यापार व्यसाय कति बजे संचालन गर्ने समय सिमा तयगरेको छ तर कञ्चनरुप नगरपालिका–८ लगायत मुुख्य बजारमा प्रहरी गएपछि बन्द गर्ने र प्रहरी हट्न वितिकै फेरी खोल्ने गर्दछ ।

कोरोना पोजेटिभ भएर धरान स्थित बि.पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरीका एक पुरुषको आज मृत्यु भएको छ। मुटुमा समस्या देखिएपछि वैशाख २७ गते धरान स्थित प्रतिष्ठान ( घोपा ) अस्पतालको इमर्जेन्सीमा उपचार गराइरहेकोमा ,निजको पिसिआर परिक्षण गर्दा कोभिड-१९ पोजेटिभ पुष्टि भएको थियो। संक्रमित मृतक पुरुषको शव व्यवस्थापनका लागी समन्वय भैरहेको अस्पताल प्रशासनले बताए ।यो संगै सप्तरीमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेहरूको संख्या ५१ पुगेको छ।जसमा पहिलो लहरमा ४२ जनाले ज्यान गुमाएका थिए भने अहिलेको दोस्रो लहरमा समेत ९ जनाको मृत्यु भैइसकेको छ।

यसैगरी सप्तरीमा ७१ जनाकाे पिसिअार परिक्षण गर्दा ४४ जनामा  काेराेना संक्रमित थपिएकाे छ ।  

प्रतिक्रिया