कञ्चनपुर,बैशाख २९ गते । एकातर्फ सप्तरीका प्रशासनले विना माक्स हिड्नेलाई जरीवाना गर्दैछन् भने अर्कोतर्फ होटेल संचालकदेखी इलोक्ट्रोनिक्स व्यवसायीले खुल्लेआम कालोबजारी गर्दा मौन छ ।
कञ्चनरुप नगरपालिकामा एक हप्ता अगाडीसम्म मेडिकल माक्स एक सय २० रुपैयामा उपलब्ध थियो । तर अहिले सोही माक्सको एक सय ७५ देखी ४ सयसम्ममा बिक्री भइरहेका छन् ।
विश्वभर कोरोना भाइरसको त्रास बढिरहेका बेला नेपालका अधिकांश बजारमा मेडिकल माक्स अभाव देखिएको छ । बजारमा माक्स अभाव भएसँगै केही ठाउँमा अन्य समयको भन्दा ४ गुणाभन्दा बढी मूल्यमा उपभोक्तालाई कालोबजारीको रूपमा माक्स बिक्री भइरहेको छ ।
सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा केही बिचौलिया र व्यवसायीले कोरोना भाइरसको निहुँमा बजारमा माक्समा कालोबजारीसहित ब्रह्मलुट गर्न थालेका छन् । कोरोना भाइरसको संक्रमणबाट बच्न पनि सतर्कता अपनाउन माक्स प्रयोग अनिर्वाय गरिएको छ । कञ्चनरुप नपाका एक सहकारीका अध्यक्षले भने,‘ कार्यालय संचालनका लागि कञ्चनरुप नगरपालिकाका दर्जनभन्दा बढी बिक्रेतासँग माक्स खरीद गर्न जादा एउटै माक्समा चार गुणासम्म बढी मुुल्य सुनायो । ’ अधिकांश मेडिकल पसलमा मेडिकल माक्सको खोजी गर्दा प्रर्याप्त मात्रामा भेटिदैन । कोरोना भाइरसको केही हदसम्म सुरक्षा हुने विश्वासका साथ उक्त माक्स बजारमा खोज्दा पनि पाइदैन ।
कञ्चनरुप व्यापार संघका सचिव शशी साहले कालोबजारी गर्ने व्यापारीलाई प्रशासनले कार्यवाही गरे त्यसमा व्यापार संघको आपत्ती नहुने बताए । कञ्चनरुप नगरपालिका–८ बजारका औषधी व्यवसाय माधव चौधरीले पहिलेको तुलनामा मेडिकल माक्सको केही दर रेट बढेको बताए । उनले भने,‘ मेडिकल माक्सका थोक बिक्रेताबाट दाम बढेर आएको छ,अर्को कुरा ढुुवानी पनि दोब्बरले बढेको छ,त्यसैले प्याकेटमा ४०÷५० रुपैया बढ्नुु स्वभाविक हो ।’
कञ्चनरुप नपा लगायत कत्तै पनि मेडिकल माक्स औषधी व्यवसाय र मेडिकल समान सप्लार्यसले भन्दा फरक व्यवसाय गर्नेले प्यान नम्बरकै आधारमा बिक्री वितरण गर्न नपाउनु पर्ने हो तर खुल्लेआम त्यो काम भइरहदाँ पनि सरोकारवाला निकाय मौन छ । ’ चौधरीले भने,‘ माक्समा पनि विभिन्न गुणस्तरका हुन्छन्,तर अहिले बजारमा गुणस्तरहीन माक्सको प्रयोग पनि बढेको छ ।’
कञ्चनरुप नगरपालिकाका मेडिकल सप्लार्यस काहाँ प्रर्याप्त माक्स छैन तर होटेल र इलोक्ट्रोनिक्स पसल संचालकहरुले माक्स स्टोर गरेर चार गुणा बढी मूल्यमा बिक्री गरिरहका छन् । इलका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेशकुुमार सिंहले औपचारिक रुपमा अहिलेसम्म कसैले पनि उजुरी नगरेको बताए । उनले भन,‘ अहिलेसम्म कसैले पनि उजुरी गरेको छैन,त्यस्तो गर्ने जानकारी पाए हामी कार्यवाही गर्छौ ।’
प्रतिक्रिया