कञ्चनरुपमा प्रहरीद्धारा निषेधाज्ञा उल्घन गरि पसल संचालन गर्ने ५ जना व्यापारी पक्राउ

  • बैशाख २९, २0७८
  • 0
...

कञ्चनपुर,बैशाख २९ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा निषेधाज्ञाको समयमा पसल खोलेर ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पटक पटक चेतावनी दिदा समेत अटेर गरेपछि बुुधबार इलका प्रहरी कार्यालय कञ्चनपुरले कञ्चनरुप नपा–६का महेन्द्र प्रसाद गुप्ता,हरेराम रौनियार,नुतन कुुमार साह,वडा नम्बर ७का सूुर्यनारायण साह, र वडा नम्बर १०का सतोष कुुमार गुुप्तालाई पक्राउ गरेका छन् । 

सप्तरी जिल्लामा कोभिड १९ को संक्रमण दिनानुदिन बढ्दै गएकोले जिल्लाका शहरी क्षेत्रहरुमा बैशाख २५ गते राती १२ बजेदेखी निषेधाज्ञा लगाइएको छ । इलका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेश कुमार सिंहले व्यापारीहरुलाई जति सुुकै सम्झाएपनि निषेधज्ञा उल्घन गरेर पसल संचालन गरिरहेकोले पक्राउ गरिएको बताए । उनले भने,‘कञ्चपुर बजारमा सबभन्द बढी केश छ,त्यहाँका व्यापारीहरुले झन बढी निषेधज्ञा उल्घन गर्दैछ ।’

डिएसपी सिंहले पहिलो पटक समान्य जरिवाना गरेर छोडने तर दोस्रो पटक उल्घन गरेमा कानून अनुसार कार्यवाही गर्ने बताए । जिल्ला संकट व्यवस्थापन केन्द्रको गत बिहीबार सम्पन्न बैठकले अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारि रहने निर्णय गरेको छ ।  कञ्चनरुप नगरपालिकामा कोरोना संक्रमित ७८ जना रहेकोमा ४५ जनाभन्दा बढी वडा नम्बर ८कै छ । तर पनि व्यापारीहरु क्षणिक फाइदाका लागि पसल खोल्ने र बन्द गर्ने कार्य गर्दै आइरहेका छन् ।

प्रतिक्रिया