राजकुमार साह
कञ्चनपुर,बैशाख ३० गते । सप्तरीको कञ्चनरुप नगगरपालिकामा कोरोना संक्रमित तीन जनाको मृत्यु भएको छ । बिहिवार (आज) कञ्चनरुप न.पां भित्रका तिन जना कोरोना संक्रमितको मृत्यु भएको हो । बिराट नगरको नोबेल होस्पीटलमा उपचाररत कञ्चनरुप वडा नं. ८ का ६५ बर्षिय पुरुष र वडा नं. ७ का ५५ बर्षिय पुरुष गरि दुुई जनाको मृत्युु भएको कञ्चनरुप नगरपालिकाको पालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।
त्यसै गरी वडा नं. ११ का ६५ बर्षिया महिला होम आईसोलेस्नमा उपचार हुदै गर्दा स्वास्थ्य बिग्रीनलागे पछि थप उपचारको लागी स्वास्थ्य शाखाले बाहिर लाने भने पछि बिराटनगरको कुनै होस्पीटल र राजबिराजको अस्पतालले भर्ना नलिदा संक्रमितलाई पुन : आफनो घरमै ल्याएपछि आजै मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ । एक दिन अघि पनि कञ्चनरुप नपा–८का एक ६५ बर्षिया महिलाको कोरोना संक्रमणबाट मृत्युु भएको थियो । कञ्चनरुप नगरपालिकाको वार्ड नम्बर ८ कोरोनाको हटस्पट बन्दैछ ।
प्रतिक्रिया