सप्तरीमा ७३ जनामा पिसिआर परिक्षण गर्दा २८ जनमा संक्रमण पुष्टि,थप एक जनाको मृत्युु

  • बैशाख ३१, २0७८
  • 0
...

सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालमा बुधवार ७३ जनामा पिसिआर प्रविधिबाट परिक्षण गर्दा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सब भन्दा बढि राजबिराज नगरपालिकाका १७ जनमा संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको एचडियुुमा उपचाररत तिलाडी कोइलाडी गाउँपालिका–४का ४७ बर्षिया पुरुषको बुधबार दिउसो मृत्युु भएको अस्पतालका सूचना अधिकारी सूुर्यकान्त झाले जनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजबिराजका १७ जना मध्येमा १२ जना पुरुष र ५ जना महिला छन् । सो नगरपालिकाका वडा नं. ५ का २५ बर्षिय, ६५ बर्षिय र ३५ बर्षिय पुरुष , ८ का ३२ बर्षिय , ६५ बर्षिय र ३५ बर्षिय पुरुष र २६ बर्षिया ,३२ बर्षिया महिला छन् । ९का ५५ बर्षिय पुरुष , . ४का ५० बर्षिय पुरुष , ६ का ४८ बर्षिय , ४० बर्षिय , ४२ बर्षिय पुरुष र ३६ बर्षिया महिला छन् । वडा नं. १६ का ३८ बर्षिय पुरुष , १२ का ३२ बर्षिया महिला , र वडा नं. २का ४० बर्षिया महिला छन् ।

त्यसै गरी बलान बिहुल गा.पा. वडा नं.६का ५० बर्षिय पुरुष , डाक्नेश्वरी गा.पा.का ५५ बर्षिया महिला , तिलाठि कोईलाडि गा.पा.वडा नं. ६ का ३५ बर्षिय पुरुष, का २ बर्षिय पुरुष , ५ का ५६ बर्षिय पुरुष र ७का ७५ बर्षिय पुरुष छन् । छिनमस्ता गा.पा. का २० बर्षिय पुरुष छ ,भने सिरहा भगवानपुर १ का ३१ बर्षिय पुरुष कोरोना संक्रमण भएका छन् ।

प्रतिक्रिया