निषेधज्ञा उल्घन गरी होटेल संचालन गर्ने ५ जना पक्राउ,प्रजिअ नेतृत्वको टोलीले ४० वटा अक्सिजन सिलिण्डर संकलन

  • बैशाख ३१, २0७८
  • 0
...

कञ्चनपुर,बैशाख ३० गते । सप्तरीमो निषेधज्ञा उल्घन गरी होटेल संचालन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल र जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी टोलीले भारदहबाट २ जना र हनुुमानगरबाट ३ जना मदिरा पसल संचालकलाई पक्राउ गरेको हो । प्रमुुख जिल्ला अधिकारी पोखरेलले भने,‘ जति सम्झाउँदा पनि जनता कोरोनाप्रति सचेत छैन । जनता सचेत नभएरसम्म कोरोना संक्रमण दर घटाउन मुश्किल छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेल स्वयम अक्सिजनको सिलिण्डर संकलन गर्न जिल्लाका विभिन्न ग्रिल उद्योगमा खटिएका छन् तर जिल्लाका विभिन्न ठाउँका स्थानीयहरु निषेधज्ञा उल्घन गर्दै हिडेका छन् । प्रजिअ पोखरेलका अनुसार जिल्लाका विभिन्न ठाउँबाट ४० वटा अक्सिज सिलिण्डर संकलन गरेर भर्न पाठाएको बताए । उक्त सिलिण्डर प्रहरीको मातहत रहने बताइएको छ ।

प्रतिक्रिया