जनकपुरधाम, ३० बैशाख । नेपाल पत्रकार महासंघ प्रदेश २ ले समाचार संकलनको क्रममा कोरोना संक्रमित भई मृत्यु भएका पत्रकार मनोज कुमार चौधरी र सञ्चार उद्यमी रमादेवी यादवको परिवारलाई तत्काल राहत उपलब्ध गराउ प्रदेश २ सरकारसँग माग गरेका छन् ।
प्रदेश २ को सरकारलाई पत्रकारहरुको विभिन्न समस्यालाई लिएर विहिवार ज्ञापन पत्र बुझाउँदै महाँसघले सो माग गरेका हुुन् । संक्रमित पत्रकारहरुको निःशुल्क उपचारको व्यवस्थापन हुनुपर्ने ज्ञानपपत्र मार्फत माँग गरेका छन् । पत्रकार महासंघका प्रदेश अध्यक्ष राजेश कुमार कर्णको नेतृत्वमा गएको टोलीले आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई ज्ञापनपत्र बुझाएका हुन । ज्ञापनपत्रका बोधार्थ प्रदेश २ का मुख्यमन्त्री, सामाजिक विकास मन्त्रालय, नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय समिति तथा प्रदेश २ का सबै जिल्लालाई गरिएको हो ।
त्यसैगरी कोरोना संक्रमितको संख्या बढिरहेको बेलामा जनतालाई सुसूचित गराउने उद्देश्यले ज्यान जोखमिमा राखेर समाचार संकलन, सम्पादन, सम्प्रेषण र प्रसारण कार्यमा संलग्न सम्पूर्ण सञ्चारकर्मीहरुका लागि सुरक्षा सामाग्रीको व्यवस्थापनको माँग समेत गरेको छ ।
त्यस्तै कोभिड १९ संक्रमणको कारण प्रभावित भएका सञ्चारसंस्थाहरुको विशेष राहत र सम्पूर्ण सञ्चारसंस्थाहरुलाई कोभिड १९ महामारी नियन्त्रण सम्बन्धी विज्ञापनका साथै अन्य लोक कल्याणकारी विज्ञापन उपलब्ध गराई दिन विज्ञप्तिमा उल्लेख रहेको छ । यता ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले पत्रकारहरुको माँग छिट्टै सम्बोधन हुने अश्वासन दिंदै त्यसका लागि प्रदेश सरकारले अघिदेखिनै कार्य गरिरहेको बताएका छन् ।
उनले भने, ‘ज्ञापनपत्रमा उल्लेख केही माँगहरुको बारेमा प्रदेश सरकारले अघि नै निर्णय लिई सकेको र केही माँग छिट्टै सम्बोधन हुनेछ ।’ ज्ञापनपत्र बुझाउन प्रदेशका उपाध्यक्ष ज्योति झा, सदस्य कैलास दास, संजय राउत, अजय साह, हदिस खुद्दार, प्रतिभा झा गएका थिए ।
प्रतिक्रिया