कञ्चनरुपको अवस्था भयावह : ४८ जनाको जाँच गर्दा ३७ जना ( ७७ प्रतिशत) संक्रमित

  • बैशाख ३१, २0७८
  • 0
...

कञ्चनपुर, बैशाख ३० गते । सप्तरीको कञ्चनरुप नगगरपालिकामा ४८ जनाको पीसीआर जाँच गर्दा ३७ जना ( ७७ प्रतिशत)मा कोरोना संक्रमित पाइएको छ । कञ्चनरुप नगरपालिकामा कोरोना संक्रमितको संख्या १ सय २५ जना पुुगेको छ ।

संक्रमितमध्ये सबभन्दा बढी कञ्चनरुप नपा–८को ७५ जना रहेको छ । क्ञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार कञ्चनरुप नगरपालिकाको वार्ड नम्बर एक बाहेक सबै वडामा कोरोना संक्रमित भएको छ । बिहीबारमात्रै तीन जनाको मृत्यु भएको छ ।

बिहिवार (आज) कञ्चनरुप न.पां भित्रका तिन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकाको समुदाय स्तरमा ब्यापक रुपमा फैलिरहेको कोरोना भाईरसलाई रोकथाम तथा नियन्त्रणका लागी एक सप्ताह स्वास्थ्य सेवा वाहेक सम्पुर्ण सेवा बन्द गरेको छ ।

कञ्चनरुप नगरपालिकाले बिहिवार एक सूचना निकाल्दै नगर क्षेत्र भित्रका मालपोत कार्यालय , नापी कार्यालय, बिद्युत प्राधिकरण, वित्तिय संघ संस्थाहरु लगायत बैशाख ३१ ग्ते देखि जेष्ट ६ गते सम्म बन्द राखी कोभिड—१९ कोरोना भाईरस रोकथाम गर्नमा सहयोग गरि दिन सहितको सुचनामा उल्लेख छ । कञ्चनरुप नगरपालिका–८ सर्वोदय माविमा रहेको होल्डिङ्ग सेन्टरमा एन्जिेन विधिबाट कोरोना जाँच गर्दा ५ जनाको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया