संक्रमणबाट बच्न स्वयम सुरक्षित हौऔं ः कञ्चनरुपमा कोरोना संक्रमित कोही तरकारी बेच्दै त कोही तरकारी किन्दै,स्थानीयले भन्दा उल्टै झगडा

  • बैशाख ३१, २0७८
  • 0
...

कञ्चनपुर,बैशाख ३१ गते । कोरोना महामारीको दोस्रो लहर भयावह बनिरहेको छ । नीजी तथा सरकारी अस्पतालमा कोरोना संक्रमितलाई भर्नालिनबाट अस्वीकार गर्ने अवस्था छ तर कञ्चनरुप नगरपालिकामा कोरोना संक्रमित केही व्यक्ति खेल्लेआम घुुम्दैछ ।

कञ्चनरुप नपा–८का एक आलू प्याज र गुड (सक्कड)को व्यापारीका घरमा झण्डै आधा दर्जन व्यक्ति कोरोना संक्रमित छन् तर ती व्यापारी निर्बाध रुपमा व्यापार गरिरहेका छन् । ती व्यापारीका परिवार भित्रै डाक्टर र नर्सका रुपमा कार्यरत छ्न तर आफनो र सर्वसाधरणको स्वास्थ्यलाई धज्जी उडाउँदैछन् । नगरपालिका कार्यालय नजिकैका एक टोलमा कोरोना संक्रमिति खुल्लेआम तरकारी खरीद गर्न र पसलमा समान लिन आफै जान थालेपछि बिहीबार स्थानीयसँग भनाभन नै भयो । स्थानीय बच्चुु सरवरियाले भने,‘ कोरोना संक्रमित व्यक्ति हाट बजार नजानुुस भन्दा हिजो बबाल भयो ।

खोई कसरी ज्याउन जोगाउने हो थाह छैन ।’ बच्चा सवरियाले कञ्चनरुप नपाका नगर प्रमुख वसन्तकुुमार मिश्रलाई कोरोना संक्रमित खुल्लेआम घुमिरहेको र आफै हाट बजार गइरहेको जानकारी गराए । तर नगरप्रमुख मिश्रले संक्रमितलाई आशोलेशनमा बस्न भन्दा पनि नमानेको र नगरपालिकाको निर्देशन पनि अटेर गरेकोले केही गर्न नसक्नेजवाफ दिएको सरवरियाले बताए । कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाले पनि कोरोना संक्रमितलाई घरमै आइशोलेशनमा बस्न नगरप्रहरी पठाउँदा शाखामा कार्यरत स्वास्थ्यकर्मी मात्रै होइन कोरोना संक्रमित व्यक्ति नगरपालिकामै आएर नगर प्रमुख समेतलाई थर्काएको जनाए ।

ती कर्मचारीले भने,‘ हामीले अक्सिजन सहित बनाएको आइशोलेशनमा बस्न आग्रह गर्दा पनि जान तयार छैनन्,यता घरमा पनि आशोलेट भएर बस्न मान्दैनन् हामी गर्ने ?’ सप्तरीको कञ्चनरुप नगगरपालिकामा ४८ जनाको पीसीआर जाँच गर्दा ३७ जना ( ७७ प्रतिशत)मा कोरोना संक्रमित पाइएको छ । कञ्चनरुप नगरपालिकामा कोरोना संक्रमितको संख्या १ सय २५ जना पुुगेको छ । संक्रमितमध्ये सबभन्दा बढी कञ्चनरुप नपा–८को ७५ जना रहेको छ । क्ञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार कञ्चनरुप नगरपालिकाको वार्ड नम्बर एक बाहेक सबै वडामा कोरोना संक्रमित भएको छ । बिहीबारमात्रै तीन जनाको मृत्यु भएको छ ।

बिहिवार कञ्चनरुप न.पां भित्रका तिन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकाको समुदाय स्तरमा ब्यापक रुपमा फैलिरहेको कोरोना भाईरसलाई रोकथाम तथा नियन्त्रणका लागी एक सप्ताह स्वास्थ्य सेवा वाहेक सम्पुर्ण सेवा बन्द गरेको छ । कञ्चनरुप नगरपालिकाले बिहिवार एक सूचना निकाल्दै नगर क्षेत्र भित्रका मालपोत कार्यालय , नापी कार्यालय, बिद्युत प्राधिकरण, वित्तिय संघ संस्थाहरु लगायत बैशाख ३१ ग्ते देखि जेष्ट ६ गते सम्म बन्द राखी कोभिड—१९ कोरोना भाईरस रोकथाम गर्नमा सहयोग गरि दिन सहितको सुचनामा उल्लेख छ । कञ्चनरुप नगरपालिका–८ सर्वोदय माविमा रहेको होल्डिङ्ग सेन्टरमा एन्जिेन विधिबाट कोरोना जाँच गर्दा ५ जनाको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य शाखाले जनाएको छ । कोरोना संक्रमणको जोखिम उच्च रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा जोड दिएका छन ।

स्वास्थ्य मापदण्डको प्रभावकारी पालना नगर्ने हो भने आगामी जेठ–असार महिनामा कोरोना संक्रमण पुनः वृद्धि हुने सप्तरीका प्रमुख जिल्ला अधिकार फणिन्द्रमणि पोखरेलले बताए । ‘अबका दिनमा जनस्वास्थ्यका मापदण्डलाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ–असारमा अर्को उच्च बिन्दुुमा पुग्न सक्ने देखिन्छ ।’ उनले भने,‘नागरिक आफैले बुुझनुु पर्ने हो तर बुुझदैनन् । पशुु भए पो घरमा बाँधेर राख्नुु ।’ कोरोना संक्रमण नियन्त्रण गर्न संक्रमितको पहिचान, आइसोलेसनको व्यवस्था, अनिवार्य क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने उनले उल्लेख गरे। सावधानी अपनाए कोरोना संक्रमणलाई नियन्त्रणमा राख्न सकिने उनको भनाइ थियो। हरेक नगरपालिकाले एन्टिजेन परीक्षण गर्ने, नाकाका नगरपालिकाले हेल्थ डेस्क स्थापना गर्ने, शंकास्पद व्यक्तिको पीसीआर परीक्षण गर्ने र कन्ट्याक्ट ट्रेसिङलाई व्यवस्थित गर्ने निर्णय बैठकले गरेको छ। सबै नगरपालिकाले आआफ्नो नगरपालिकाभित्र कम्तीमा एक÷एकवटा आइसोलेसन केन्द्र र क्वारेन्टाइन केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया