कञ्चनरुपमा २ जना सहित सप्तरीमा कोरोनाबाट थप ४ जनाको मृत्यु

  • जेष्ठ २, २0७८
  • 0
...

कञ्चनपुर,जेष्ठ २ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा थप २ जनाको कोरोना संक्राण्नबाट मृत्युु भएको छ । पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट कञ्चनरुप नगरपालिका–८का एक पुुरुष र वडा नम्बर ९का ६५ बर्षका पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार कञ्चनरुप नगरपालिकाका दुई तथा राजविराज र सप्तकोसी नगरपालिकाका एक–एक गरी चार जनाको मृत्यु भएको हो ।

कञ्चनरुप नगरपालिकाका दुई संक्रमितमध्ये एकजनाको नोबेल अस्पतालमा र अर्काको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक डम्बर गुप्ताले जनाए । कञ्चनरुपमा कोरोनाबाट मृत्युको संख्या ७ समेत सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ जना पुगेको छ ।

कञ्चनरुप नगरपालिकामा हाल एक सय २४ जना कोरोना संक्रमित रहको सह–संयोजक गुप्ताले बताए ।

प्रतिक्रिया