राजकुुमार साह
कंचनपुर,जेष्ठ ३ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कञ्चनरुप नगरपालिका –९ का ४३ बर्षिय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ । नोबेल अस्पताल बिराटनगरमा तिन दिनदेखि भेन्टीलेटरमा उपचारका क्रममा सोमबार बिहान करिब ९ः३० वजेको समयमा मृत्यु भएको कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखाका सह– संयोजक डम्बर गुप्ताले जनाए ।
कञ्चनरुपमा कोरोनाबाट मृत्युको संख्या ८ समेत सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६८ जना पुगेको छ । कञ्चनरुप नगरपासलकामा हाल एक सय ५६ जना कोरोना संक्रमित रहेको सह–संयोजक गुप्ताले बताए । आईतबार कोरोना संक्रमणबाट कञ्चनरुप नगरपालिका–८का एक पुुरुष र वडा नम्बर ९का ६५ बर्षका पुरुषको कोरोना संक्रमणले मृत्यु भएको थियो ।
कञ्चनरुप –३का थप एक पुरुष उपचारको क्रममा मृत्युु भएपनि उनको पीसीआर रिर्पोट आइनपुुगेका स्वास्थ्य शाखाले जनाएको छ ।
प्रतिक्रिया