कोरोना भयावह हुुन थालेपछि कञ्चनरुप–८ घर भएका डक्टर संजय रौनियारद्धारा २४ घण्टा नि : शुल्क परामर्श सेवा दिने घोषणा

  • जेष्ठ ३, २0७८
  • 0
...

कञ्चनपुर,जेष्ठ ३ गते । कञ्चनरुप नगरपालिकामा कोरोना संक्रमण अत्यधिक बढेपछि यहाँ एक जना डाक्टरले निःशुल्क कोभिड परामर्श सेवा दिने घोषणा गरेका छन् ।

इन्टरनल मेडिसिनमा एमडी गरेर हाल चुरे हिल हस्पिटल प्रालि. हेटौडामा कार्यरत डाक्टर संजय रौनियारले २४ घण्टा नै फोन तथा समाजिक संञ्जाल मार्फत निःशुल्क कोभिड परामर्श सेवा दिने बताएका छन् । कोरोना महामारीले कञ्चनरुप नगरपालिका भयावह रुप लिएपछि डाक्टर रौनियारले आफु जन्मेको ठाउँका लागि थोरै भएपनि सहयोग गर्न तयार भएको बताएका छन् ।

डाक्टर रौनियारले भने,‘ गाउँमा ४० बर्षमुनिका युवाहरु कोरोना संक्रमणबाट मरिरहेका छन्, सयौं व्यक्ति संक्रमित छन्,म जहाँ भएपनि अप्ठेरो परेको बेला गाउँ समाजका व्यक्तिलाई सहयोग गर्न तयार छुु ।’ उनले भने,‘मेरो प्रयासले गाँउका केही व्यक्तिलाई मात्रै पनि स्वास्थ्य लाभ भयो वा मृत्युुहुनबाट जोगाउन सकियो भने म सफल हुुनेछु ।’

डाक्टर रौनियारले नगरपालिकाले अक्सिजन सहितको आइशोलेसन तयार गरेपनि संचालनमा आइ नसकेको सूचनना थाह पाएको बताउँदै कञ्चनरुपमा कार्यरत डाक्टरलाई समेत आपूmले आवश्यक परेको वेला परार्मश दिन तयार रहेको बताए । कोरोनासम्बन्धी जानकारी र परामर्श लिनका लागि डाक्टर रौनियारको ९८१२ ८७९६८२ नम्बरमा अप्ठेरो परेको बेला २४ घण्टा फोन गरेर नि ःशुुल्क परामर्श लिन सकिन्छ । कञ्चनरुप नगरपालिकामा पछिल्लो एक हप्तामा कोरोनाका कारण ९ जनाले ज्यान गुुमाएका छन् भने एक सय ५७ जना कोरोना संक्रमित छन् ।

प्रतिक्रिया