राजकुुमार साह कञ्चनपुर,जेष्ठ ३ गते । सप्तरीको प्रहरीले जन्म कैद ठहर भएका फरार प्रतिवादीलाई पक्रउ गरेको छ ।
अग्नीसाईर कृष्ण सबरण गाउँपालिका वडा नं.–४ का कारी सदा मुसहरलाइृ गाउँबाट आइतवार खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । देवनारायण मण्डल समेतको जाहेरीले २०५१ साल फाल्गुन २० गते जोगेन्द्र मण्डललाई कर्तब्य गरी मारेको कर्तब्य ज्यान मुद्यामा जिल्ला अदालतको २०५४ साल माघ २२ गते र पुनरावेदन अदालत राजबिराजको मिति २०५७ साल जेष्ठ १६ गते र सर्वौच्च अदालतको मिति २०६२ साल चैत ७ गतेको फैसलाले जन्म कैद (२० बर्ष) कैद ठहर भएका प्रतिवादी कारी सदा मुसहरलाई पक्रउ गरेको जिल्ला प्रहरी कार्यालय राजबिराजले जनाएको छ ।
सदालाई जिल्ला अदालत राजबिराजमा उपस्थित गराउँदै सोमबार (आज) कैद भुक्तानको लागी कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय राजबिराजका डिएसपी माधव प्रसाद काफलेले वताए ।
प्रतिक्रिया