कञ्चनपुर, जेष्ठ ३ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाले बनाएको आईसोलेसनमा सोमबार ३ जना भर्ना भएका छन् ।
धर्मेश्वर धारापानी सामुदायिक भवनमा रहेको आईसोलेसनमा पहिलो पटक १६ जना उपचारका लागि भर्ना भएका हुन् । उक्त आईसोलेसनमा अक्सिजन सहित ३० वेडको व्यवस्था गरिएको कञ्चनरुप नगरपालिकाको कोभिड–१ ९का (सिआईसीटि) टीम संयोजक बिकास गुप्ताले बताए ।
गुप्ताका अनुसार कञ्चनरुपमा सोमबार २ जनाको कोभिडबाट मृत्यु भएको छ । कञ्चनरुप –३का ६५ बर्षिय एक पुरुष र वडा नम्बर ९ को ४३ बर्षिय एक पुरुष गरि थप २ जनाको मृत्युु भएको हो । वडा नम्बर –९का ४३ बर्षिय पुरुष नोबेल अस्पताल बिराटनगरमा तीन दिनदेखि भेन्टीलेटरमा उपचारका क्रममा सोमबार बिहान करिब ९ः३० बजेको समयमा मृत्यु भएको छ भने वडा नम्बर ३ का ६५ बर्षिय पुरुषको छिनमस्ता अस्पताल राजबिराजमा उपचारका क्रममा बिहान करिब ४ वजेको समयमा मृत्यु भएको कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखाका सह– संयोजक डम्बर गुप्ताले जनाए ।
कञ्चनरुपमा कोरोनाबाट मृत्युको संख्या ९ समेत सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ जना पुगेको छ । कञ्चनरुप नगरपालिकामा हाल एक सय ५७ जना कोरोना संक्रमित रहेको सह–संयोजक गुप्ताले बताए । आईतवार कोरोना संक्रमणबाट कञ्चनरुप नगरपालिका –८ का एक पुरुष र वडा नं.–९का ६५ बर्षका पुरुषको कोरोना संक्रमणले मृत्यु भएको थियो ।
गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा ९२ जनाको पीसीआर परिक्षण गर्दा ४६ जनामा सोमबार कोरोना संक्रमण पुष्टि मध्ये कञ्चनरुप नगरपालिका –३ का ६५ बर्षिय पुरुष समेत भएको अस्पतालका सुचना अधिकारी सूर्यकान्त झाले जनाए । कोशी टप्पुवन्यजन्तुु आरक्ष कार्यालयले कोरोनाले मृत्युु भएका शव व्यवस्थापनमा अवरोध गरेका छन् । वडा नम्बर ३मा मृत्युु भएका पुुरुषको शव कञ्चनरुप नगरपालिका र आफन्त धनकट्टा स्थित कोशी नदी किनारमा व्यवस्थापन गर्न जादा नेपाली सेनाले रोकेका थिए ।
आरक्ष कार्यालयको निर्देशन भन्दै सेनाले शव व्यवस्थापन गर्न रोकेको वडा नम्बर ९का समाजसेवी भुवनेश्वर यादबले बताए । आरक्ष कार्यालयका वार्डेनसँग कुुरा गरेपछि अव उप्रान्त शव कोशीमा व्यवस्थापन नगर्ने शर्तमा अन्तिम गाड्नलाई दिएको यादबले बताए ।
प्रतिक्रिया