सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको कोरोना संक्रमणबाट मृत्यु

  • जेष्ठ ४, २0७८
  • 0
...

कञ्चनपुर, जेष्ठ ४ गते । कोरोना संक्रमणका कारण सप्तरीको सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको मंगलबार विहान मृत्यु भएको छ ।

विराटनगर स्थित विराट नर्सिङ होम तथा विराटनगर अस्पतालमा आज विहान ४ वजे उनको मृत्यु भएको सप्तकोशी नगरपालिका–५का वडाअध्यक्ष दिपक लेखीले बताए । उनले भने,‘ सप्तकोशी नगरपालिकाका लागी ठुलो क्षति हो,हामी निशब्द भएका छौं ।’

दोस्रो लहरको कोरोनाकालमा यो सहित सप्तकोशीमा कोरोनाका कारण मर्नेको संख्या ३ पुगेको वडाअध्यक्ष लेखीले बताए । उनले भने,‘हिजो पनि एक जनाको मृत्यु भएको थियो ।’ दुई साता अघि ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य चौकीमा एन्टिजेन परिक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

गर्भवती समेत रहेकी उनलाई थप असहज भएपछि फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचारपछि विराटनगर लगिएको परिवारका सदस्ले जानकारी दिएका छन् । नेकपा एमालेका नेता रविन्द्र चौधरीले सप्तकोशी नगर उपप्रमुख आशा चौधरी यश संसारमा रहेनन् । सुन्दा निशब्द र स्तब्ध भएको बताएका छन् ।

नेकपा एमाले सप्तकोशी नगर कमिटीले पनि चौधरीको मृत्१० दिनअघि अस्पताल भर्ना भएकी उनलाई आईसियुमा राखेर उपचार सुरु गरिएको थियो । उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि भन्टिलेरमा सारिएको थियो ।

३ दिन अघि मात्रै उनको पेटमा भएको वच्चा पनि मृत अवस्थामा निकालीएको थियो । वच्चाका कारण पनि उनलाई थप असहज भएको स्वास्थ्यकर्मीहरुले जनाएका छन् । मृतक चौधरीका पति र ७ वर्षिय एक छोरो छन् ।

प्रतिक्रिया