कञ्चनरुपमा कोरोना संक्रमणबाट थप एकको मृत्युु,मृतकको संख्या १० पुुग्यो

  • जेष्ठ ४, २0७८
  • 0
...

कञ्चनपुर, जेष्ठ ४ गते । कोरोना संक्रमणबाट सप्तरीको कञ्चनरुप नगरपालिका–४का एक ४५ बर्षिय पुुरुषको मृत्युु भएको छ ।

तीन दिनअघि राजविराज स्थित छिन्नमस्ता हस्पिटलमा उपचारका लागि भर्ना भएका ती पुरुषको मंगलबार विहान ३ बजे मृत्युु भएको कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

मृतक ती परिवारका व्यक्तिलाई हस्पिटल सोमबार साँझ नै भेन्टिलेटर भएको ठाउँमा उपचार गर्न लैजान भनेका थिए । परिवारका एक सदस्यले भने,‘ हामी साँझदेखी ११ बजेरातीसम्ममा भेन्टिलेटरको खोजी गरेका थियौं ।

तर समयमा एम्बुुलेन्स नपाएपछि हामी अर्को अस्पताल लिएर जान सकेनौं ।’ कञ्चनरुपमा सोमबार २ जनाको कोभिडबाट मृत्यु भएको थियो । कञ्चनरुपमा कोरोनाबाट मृत्युको संख्या १० पुुगेको छ ।

कञ्चनरुप नगरपालिकामा हाल एक सय ५७ जना कोरोना संक्रमित रहेको सह–संयोजक गुप्ताले बताए । कञ्चनरुप नपा–४का वडाअध्यक्ष रामनारायण साहले शव व्यवस्थापनका लागि हस्पिटल,प्रशासन र परिवारसँग समन्वय गरिरहेको बताए । कोशी टप्पुवन्यजन्तुु आरक्ष कार्यालयले कोरोनाले मृत्युु भएका शव व्यवस्थापनमा अवरोध गरेपछि शव व्यवस्थापनमा समेत समस्या उत्पन्न भएको छ ।

प्रतिक्रिया