राजकुुमार साह कञ्चनपुर, जेष्ठ ४ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा मंगलवार १२ जनामा ऐन्टीजेन बिधिबाट परिक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तीन जना संक्रमित मध्ये २ जना कञ्चनरुप नपा.–१का ६० बर्षिय र २३ बर्षिय पुरुष छन् । त्यसैगरी वडा नम्बर – ८ का ३५ बर्षिया महिला छ । गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा पीसीआर जाँच गर्दा वडा नम्बर ८ कै २७ बर्षिय पुरुष कोरोना संक्रमण पुष्टि भएको सिआईसीटि टीम संयोजक बिकास गुप्ताले वताए ।
कञ्चनरुप नगरपालिका भित्र हाल सम्म एक सय ६२ जना कोरोना संक्रमित पुष्टि भएको र १० जनाको कोरोना संक्रमणले उपचारको क्रममा मृत्यु भएको नपा.का स्वास्थ्य शाखा सह–संयोजक डम्बर गुप्ताले वताए । गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा मंगलवार एक सय तीन जनामा पीसीआर परिक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी सूर्यकान्त झाले जनाए ।
प्रतिक्रिया