कञ्चनपुर,जेष्ठ ६गते । सप्तरीको कञ्चनरूप नगरपालिकाले २५ थान अक्सिजन सिलिण्डर, कन्सनटेटर ४ थान,क्यान अक्सिजन २० थान,पल्स अक्सिमिटर २५ थान र कोरोना जाँचका लागि एन्टिजेन किट ५०० थान खरीद गरेको कञ्चनरूप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज खड्का बताए । उनले भने, ‘ यसअघिका ८ वटा सिलिण्डर थियो,अहिले थप २५ खरीद गरेका छौं । ’
सप्तरीका १८ पालिकामध्ये सबैभन्दा पहिले होल्डिङ सेन्टर र ३० बेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ । अक्सिजनसहित ३० बेडको आइसोलेसनमा अहिले २१ जना उपचारत रहेको कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।
कञ्चनरुप नगरपालिकामा एक हप्तामा १२ जनाले कोरोनाबाट ज्यान गुुमाएका र हाल १ सय ६० वटा सक्रिय रहेको छ । ‘नगरपालिकाले बाहिरबाट आएकाहरू सीधै घरमा गएर बस्न पाउँदैनन् । होल्डिङ सेन्टरमा होल्ड गरेर जाँचपछि नेगेटिभ आएकाहरूलाई घर पठाउने र संक्रमितहरूलाई अवस्था हेरेर उपचार गर्नेछौँ ।’ प्रशासकीय अधिकृत खडकाले भने,‘ थोरै भएपनि राहत भएको छ । ’
कञ्चनरुप नगरपालिकामा समुुदायस्तरमा कोरोना पैmलिएपछि जिल्ला संकट व्यवस्थापन केन्द्र ( डिसिसिएमसी)को शुक्रबार बसेको बैठकले कञ्चनरुप नगगरपालिका शिल गर्ने निर्णय गरेको छ । सप्तरीका प्रमुुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले कञ्चनरुप नगरपालिकामा संक्रमणदर बढ्दो देखिएकोदे सबै वडाहरु सिल गरेर आवतजावत नियन्त्रण गर्ने निर्णय गरेको थियो ।
कञ्चनरुप नगरपालिकाले पनि सोही दिनदेखी अतिआवश्यक सेवा वाहेक सबै कामकाज बन्द गर्नुुका साथै सबै वडाहरु शिल गरेका छन् ।
प्रतिक्रिया