कञ्चनपुर, जेष्ठ ७ गते । सप्तरी शम्भुनाथ नगरपलिका –१२ कुशाहा स्थितमा रहेको सार्वजनिक पोखरीमा डुुबेर एक बालकको ज्यान गएको छ ।
स्थानीय मुनिलाल साहको छोरा बर्ष अं.१० को रुपेश साहले नुहाउने क्रममा सोही पोखरीको पानीमा अचानक डुबेर मृत्युु भएको प्रहरीले जनाएको छ ।
घाईते भई उपचारको लागी छिन्नमस्ता अस्पताल राजविराज ल्याईएकोमा उक्त अस्पतालको डाक्टरले चेकजाँच गर्दा निज रुपेश साहको मृत्यु भईसकेको र अन्य थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जनाएका छन् ।
प्रतिक्रिया