कञ्चनरुपमा एक सहित सप्तरीमा आज थप तीन जनाको कोरोनाका कारण मृत्यु

  • जेष्ठ ८, २0७८
  • 0
...

राजकुुमार साह कञ्चनपुर, जेष्ठ ७ गते । सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालमा दुई जना सहित धरानको अस्पतालमा उपचारत कञ्चनरुप नगरपालिका –८ का एक जना गरी तीन जना कोरोना संक्रमीतको शुक्रबार मृत्यु भएको छ ।

कञ्चनरुप नगरपालिका – ८ का ३३ बर्षिय पुरुष धरान स्थित बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा गए राती करिब ४ बजेको समयमा मृत्यु भएको नपा.का स्वास्थ्य शाखा सह–संयोजक डम्बर गुप्ताले वताए । त्यसैगरी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा गत २ गते देखि हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर –१ का ५८ बर्षिय पुरुषको उपचारका क्रममा शुक्रबार बिहान करिब ७ बजेको समयमा र गत ३ गते देखि महदेवा गाउँपालिका वडा नम्बर–१ का ७५ बर्षिय पुरुषको उपचारका क्रममा बिहान करिब ९ः३० बजेको समयमा मृत्यु भएको थियो ।

कोरोना संक्रमित दुबै जनाको उपचार एचडियूमा भईरहेको भनेर अस्पतालका सूचना अधिकारी सूर्यकान्त झाले वताए । कञ्चनरुप नगरपालिकामा हाल सम्म १३ जनाको कोरोनाबाट मृत्यु भईसकेको शाखाका सह–संयोजक गुप्ताले वताए । यसैबीच शुक्रबार कञ्चनरुप नपामा २२ जनाको एन्टिजेन विधिबाट जाँच गर्दा ६जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया