शंकर माबिले अख्तियारलाई अनियमित्ताबारे प्रतिवेदन पठायो

  • बैशाख १५, २0७६
  • 0
...

कञ्चनरुप नगरपालिका—३ सुब्बाटोल स्थित शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक दिलिपकुमार गुप्ताले गरेको अनियमित्ताबारे विद्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको       इटहरी स्थित कार्यालयलाई मंगलबार पत्राचार गरेको छ ।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी स्थित कार्यालयले गत बैशाख ९ गते विद्यालयलाई पत्राचार गर्दै राय सहितको प्रतिवेदन माँग गरेको थियो ।
    उक्त पत्र अनुसार  विद्यालयले राय सहितको प्रतिवेदन पठाएको हो ।
प्रतिवेदनमा शौचालय निमार्णको लागि आएको २ लाख रकम र त्यससँग सम्बन्धित कागजात प्रअ गुप्तासँग रहेको,आर्थिक वर्ष २०७३÷०७४ छात्रवृत्तिका लागि आएको १ लाख २३ हजार दुई सय,आव २०७४÷०७५मा एक लाख २३ हजार एक सय र२०७५÷०७६मा  आएको ९९ हजार पाँच सय रकम प्रअले चलाएको , आव २०७३÷०७४ पिसिएफ वापतको रकम एक लाख ५० हजार ६ सय ६८ र २०७४÷०७५मा पाठयपुस्तकको लागि आएको एक लाख ३१ हजार ७ सय ५० रुपैया निकाशा गरेपनि सो वितरण नगरिएको प्रतिवेदन पठाएको छ ।
    शिक्षा विकास तथा समन्वय ईकाई समिति राजविराजले  आर्थिक वर्ष २०७५÷०७६को माबि  शिक्षक अनुदान शिर्षकमा पठाएको ७ लाख३२ हजार रकम समेत अनियमित्ता  गरेको हो ।
    विद्यालयको नाममा  राजविराज स्थित राष्ट्रिय बाणिज्य बैंकको चल्ती हिसाब नम्बर १६०९बाट उक्त शिर्षकको रकम झिकेर अनियमित्ता  गरेको हो ।
    यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७१÷०७२ शौचालय निमार्ण गर्न वापत पहिलो किस्ताको २ लाख रकम, आर्थिक वर्ष २०७३÷०७४ पिसिएफ  शिक्षकका लागि आएको एक लाख ५० हजार रकम,छात्रवृत्ति रकम र पाठ्य पुस्तकको रकम पूर्णरुपमा वितरण  नगरी हिनामिना गरेको आरोप प्रअ
गुप्ताामाथि छ ।
स्थानीयहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी स्थित कार्यालयमा २०७४ सालमै कार्यवाहीको लागि निवेदन दिएको थियो । अख्तियारले २०७४ फागुन २८ गते नै कञ्चनरुप नगरपालिकालाई सुझाव सहितको प्रतिवेदन माँग गरेको थियो ।
    अख्तियारले पटक पटक कार्यवाहीको लागि पहल गर्दैआएको छ । पछिल्लो पटक कञ्चनरुप नगरपालिकाका इन्जिनिगर अशोक यादब र स्रोत व्यक्ति दामोदर ठाकुरले विद्यालय स्थलगत निरीक्षण पश्चात अख्तियारलाई कार्यवाहीको लागि सिफारिस  गरेको छ ।
२०७४÷०७५ विद्यालयमा मावि शिक्षक राख्न ७ लाख ३२ हजार रकम दिएपनि प्रअ गुप्ताले
    शिक्षक नियुक्ति नगरी मुखिया श्रवण चौधरीको किर्ते हस्ताक्षर गरी निकाले अनियमित्ता गरेको थियो । अवलोकित दैनिकले यसबारे प्रमाण सहित समाचार प्रकाशित गरेपछि प्रअ गुप्ताले पुन ः उक्त रकम जम्मा गरेको थियो ।

प्रतिक्रिया