सहयोगीद्धारा मृतक शेयर सदस्यका परिवार क्रिया खर्च वापत २५ हजार सहयोग

  • जेष्ठ ९, २0७८
  • 0
...

कञ्चनपुर,जेष्ठ ९ गते । सहयोगी बचत तथा ऋण सहकारी संस्था लिम्टिेड कञ्चनपुुरले आफना मृत्यु भएका शेयर सदस्यको परिवारलाई आईतबार २५ हजार सहयोग गरेको छ ।

कञ्चनरुप नपा–१ मलकौर निवासी सहयोगीका शेयर सदस्य बैजनाथ बर्माको गत एक हप्ता अगाडी मृत्यु भएको थियो । सहयोगीले आफनो शेयर सदस्यको मृत्युुपश्चात परिवारलाई २५ हजार सहयोग गर्ने नीति बनाएको छ । सहयोगीका अध्यक्ष अनोज कुुमार यादब,व्यवस्थापक विनोद कर्ण लगातयका कर्मचारीले मृतक बर्माको घरमै पुुगेर सहयोग गरेको छ ।

सहयोगीका अध्यक्ष अनोजकुुमार यादबका अनुसार सहयोगीले गरेको नीतगत व्यवस्था अनुसार मृतक शेयर सदस्य परिवारलाई सहयोग गरिएको बताए ।

प्रतिक्रिया