कञ्चनरुपमा अझै कोरोना संक्रमण दर उस्तै ः २९ जनाको पीसीआर गर्दा १४ जना (४९ प्रतिशत ) मा संक्रमण

  • जेष्ठ १0, २0७८
  • 0
...

कञ्चनपुर,जेष्ठ ९ गते । कञ्चनरुप नगरपालिकामा अझै कोरोना संक्रमण दर घटेको छैन । आईतबार २९ जनाको पीसीआर जाँच गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कञ्चनरुप नपाका कोरोना कोडिनेटर (सिआइसिटी)संयोजक बिकास गुप्ताका अनुसार आईतबारसम्म कञ्चनरु नपाका १४० कोरोना संक्रमित रहेका छन् । गुुप्ताका अनुसा तीव मध्ये २४ जना नगरपालिकाले बनाएको आइसोलेशनमा भर्ना रहेका छन् । कोरोना संक्रमणबाट पछिल्लो पटक नगरपालिकामा १४ जनाको ज्यान गएको संयोजक गुप्ताले बताए ।

गजेन्द्र नारायण सिँह अस्पतालको प्रयोगशाला गरिएको परिक्षणबाट ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । कञ्चनरुप नपा ८ का २४ वर्षिय पुरुष, वडा १२ का ५१ वर्षिय पुरुष, ५२ वर्षिय पुरुष, वडा ८ का ३८ वर्षिय पुरुष, ६० वर्षिया महिला, वडा १ की ४७ वर्षिया महिला, ५४ वर्षिया महिला, वडा ११ की १५ वर्षिया किशोरी, वडा ५ का २८ वर्षिय पुरुष, वडा २ का ४२ वर्षिय पुरुष, वडा ८ का १५ वर्षिय किशोर, २० वर्षिय किशोर, वडा ४ का ४४ वर्षिय पुरुष र वडा ८ का २८ वर्षिय पुरुष सहित१४ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी राजविराजका २ महिला , ७ पुरुष सहित ९ जना , सप्तकोशीका २ महिला १० जनाको एन्टिजेटमा पोजेटिभ देखिएको छ भने महादेवाका १ महिला सहित ३, छिन्नमस्ताका २ पुरुष, बोदे बरसाइन १ जना र विष्णुपुरका १ पुरुष । तिरहुतका १ महिलामा संक्रमण देखिएको छ । जिल्लमा संक्रमितको संख्या १ हजार ३९१ पुगेको छ ।

जसमध्ये ९२ जना निको भएका छन् । यसैगरी पछिल्लो २४ घण्टामा बोदे बरसाईन नगरपालिका ८ की ४७ वर्षीया महिला र महादेवा गाउँपालिकाका २ की ६० वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

प्रतिक्रिया