सप्तरीमा थप ४ जनाको मृत्यु संगै, हाल सम्म ६२ जनाको कोरोनबाट मृत्यु

  • जेष्ठ १३, २0७८
  • 0
...

कञ्चनपुर,जेष्ठ१२ गते । सप्तरीमा पछिलो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट मृत्यु हुनेमा २ जना महिला र २जना पुरुष रहेको छ । तिरुहुत गाउँपालिका वडा नम्बर–३ का ७० बर्षिया महिलाको बिपि कोइरेला विज्ञान प्रतिस्ठान धरानमा जेष्ठ १० गते देखि उपचार भईरहेको क्रममा बुधवार(आज) मृत्यु भएको छ ।

त्यसै गरी धरानमै सुरुङ्गा नगरपालिका वडा नम्बर–४ का ३५ बर्षिय पुरुष, सुरुङ्गा–९ का ७५ बर्षिय पुरुषको बिराटनगर नसिंहहोम अस्पतालमा र रुपनि गाउँपालिका –२ का ५५ बर्षिया महिलाको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय राजबिराजका स्वास्थ्य प्रमुख दुनियालला यादवले वताए ।

यो संगै सप्तरीमा हाल सम्म कोरोना संक्रमणबाट दोस्रो लहरमा ६२ जनाको मृत्यु भइसकेको प्रमुख यादवले जनाएको छ ।

प्रतिक्रिया