स्वतन्त्र युवा समिति कंचनरुपको सराहनिय कार्य ः अति विपन्नलाई राहत,प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग

  • जेष्ठ १३, २0७८
  • 0
...

कञ्चनपुर,जेष्ठ १२ गते । स्वतन्त्र युवा समिति कंचनरुप नपा सप्तरीले ६० जना अतिविपन्न तथा मजदुरी गरेर खानी व्यक्तिहरूलाई राहत वितरण गरेका छन् ।

कञ्चनरुप नगरपालिका वडा नं २,६,७,र १० नम्बर वडाका अति विपन्नहरुलाई स्वतन्त्र यूवा समितिले सहयोग गरेका हुन् । यस उक्त समितिले इलाका प्रहरी कार्यालयलाई माक्स, सेनिटाइजर लगायत मेडिकल सामग्री सहयोग गरेका थिए । उक्त राहत वितरणमा पपु शाह,चन्दन गुप्ता,हनूमान खाद उद्योग,शिवशंकर राईस मिल, मृगेन्द्र गुप्ता,शिबशक्ति खाद उद्योग,अशोक शाह,अन्नपूर्ण कलेज,देवकृष्ण गुप्ताले सहयोग गरेको समितिले जनाएको छ ।

समितिले जोखिममा परेका परिवारहरुलाई अतिआवश्यक सामग्रीहरु वितरण गर्ने र समाजमा केही समस्या परेमा ,केही घटना घटेमा जतिखेर पनि सहयोग गर्न तयार रहेको जनाएको छ ।

उक्त स्वतन्त्र यूवा समितिमा जय प्रकाश गुप्ता, राहुल यादब,रोशन राज ठाकुर, राजेश यादव, बिबेक शाह,पुरेन्द्र यादब,सिद्धान्त यादव,मो.नसिम अहमद,मनोज कुमार साह,राम सागर मेहता,संजिप गुप्ता र देब राम रहेका छन् ।

प्रतिक्रिया