राजकुुमार साह
कञ्चनपुर, जेष्ठ १२ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा बुधवार थप १६जना कोरोनाबाट संक्रमित भएका छन् ।
सर्वोदय मा.बि.मा २० जनाको ऐन्टीजेन बिधिबाट परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ भने गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा पीसीआर परिक्षणको लागी ११ जनाको स्वाव पठाउँदा ७ जनामा संक्रमण पुष्टि भएको हो । कञ्चनरुप नपाले संचालनमा ल्याएको ३० बेड आइसोलेसन सबै भरिएको छ ।
पीसीआर परिक्षण ७ जना कोरोना संक्रमित मध्ये कञ्चनरुप नगरपालिका वडा नम्बर–१ का ४५ बर्षिय र ५६ बर्षिय पुरुष, १२का ३० बर्षिया महिला र ३१ बर्षिय पुरुष, १० का ३८ बर्षिय पुरुष, ७ का ३३ बर्षिया महिला र सस्त्र प्रहरी दन्तकाली गंणका एक प्रहरी रहेको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुप नपा.का कोभिड संयोजक बिकास गुप्ताले वताए ।
त्यसै गरी ऐन्टीजेन परिक्षणबाट कोरोना संक्रमण पुष्टि भएका ९ जना मध्येमा कञ्चनरुप नगरपालिका वडा नम्बर–२ का ४८ बर्षिय पुरुष , १४ बर्षिय बालक, ४७ बर्षिया महिला, ५५ बर्षिय महिला र १० बर्षिय बालिका रहेको छ । वडा नम्बर–३ का ४२ बर्षिय ,५१ बर्षिय पुरुष, ८ का ६५ बर्षिय पुरुष र ११का ५८ बर्षिय पुरुष रहेको गुप्ताले वताए ।
प्रतिक्रिया