धनुषामा भिषण हावाहुरीका कारण २ जनाको मृत्यु

  • बैशाख १६, २0७६
  • 0
...

जनकपुर,बैशाख १५ गते ।

धनुषामा आइतबार बिहानै आएको भिषण हावाहुरीका कारण २ जनाको मृत्यु भएको छ । बिहान करिब साढे ३ बजे आएको हावाहुरीका कारण हालसम्म २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृत्यु हुनेमा धनुषाको नगराइन नगरपालिका–५ का ६० वर्षीय रामपती मुखिया र ६५ वर्षीय महावीर दास तात्म रहेका छन्।
हावाहुरीले जनकपुरको विभिन्न भागमा क्षति र्पुयाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। अचानक आएको विनाशकारी हावाहुरीका कारण जनकपुरको पुल्चोकमा रहेका घरटहरा, बिजुलीको पोल, तथा रुखहरु ढेलेका छन्। विद्युतका केही ट्रान्सफर्मरसमेत ढलेका छन्। यसकारण केही क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध भएको छ।
जनकपुर उपमहानगरपालिका १ मा ४८ घर टहरामा क्षति पुगेको छ । एउटा कुखुरा फार्मको छाना भत्किँदा छ हजार कुखुरा मरेको छ । कुखुरा पालकलाई झण्डै २१ लाख रुपैयाँ क्षति पुगेको छ । गहुँबालीसमेत नष्ट भएको छ । 
          आइतबार बिहानको हावाहुरीबाट क्षतिग्रस्त जनकपुर उपमहानगरपालिका १ स्थित साह पोल्ट्री फार्म । फार्म सञ्चालक मनोज साहका अनुसार ३० लाखभन्दा बढीको क्षति भएको छ । 
जनकपुर उपमहानगरपालिका १ का वडाध्यक्ष शत्रुघ्न साहका अनुसार वडाको मुसहरी टोल, वकिल टोल, मिल्स एरिया, पूलचौक लगायतमा ४८ घरमा क्षति पुगेको छ। फूस र कर्कट पाताले छाएका अधिकांश घर क्षतिग्रस्त छन् भने केही निर्माणाधीन पक्कीघरको पर्खाल पनि भत्किएको छ।
बारा पर्सामा गत चैतमा गएको विनाशकारी हावाहुरीभन्दा कमजोर भएपनि यसले धनुषाको विभिन्न ठाउँमा व्यापक क्षति र्पुयाएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले भने, ’जिल्लाभरी शक्तिशाली हावाहुरीका कारण धेरै नै क्षति पुगेको बताउँदै क्षतिको विवरण आउन समय लाग्ने बताए ।

प्रतिक्रिया