कञ्चनपुर,जेष्ठ १३ गते । स्वतन्त्र युवा समिति कंचनरुप नपा सप्तरीले बिहीबार थप ३० घर अतिविपन्न तथा मजदुरी गरेर खाने परिवारलाई राहत वितरण गरेका छन् ।
कञ्चनरुप नगरपालिका वडा नं ११ र १२का अति विपन्नहरुलाई स्वतन्त्र यूवा समितिले सहयोग गरेका हुन् । यसअघि पनि उक्त समितिले ६० घर विपन्नलाई राहत वितरण गरेको थियो ।
समितिले जोखिममा परेका परिवारहरुलाई अतिआवश्यक सामग्रीहरु वितरण गर्ने र समाजमा केही समस्या परेमा ,केही घटना घटेमा जतिखेर पनि सहयोग गर्न तयार रहेको जनाएको छ ।
उक्त स्वतन्त्र यूवा समितिमा जय प्रकाश गुप्ता, राहुल यादब,रोशन राज ठाकुर, राजेश यादव, बिबेक शाह,पुरेन्द्र यादब,सिद्धान्त यादव,मो.नसिम अहमद,मनोज कुमार साह,राम सागर मेहता,संजिप गुप्ता र देब राम रहेका छन् ।
प्रतिक्रिया