स्टोरीज अफ नेपाल समुदायको सहयोगमा दलित सरोकार मञ्चद्धारा कञ्चनरुपमा एक सय मुसहर परिवारलाई राहत वितरण

  • जेष्ठ १५, २0७८
  • 0
...

कञ्चनपुर,जेष्ठ १५ गते । हातमुख जोर्न समस्यामा परेका कञ्चनरुप नगरपालिकाका एक सय मुसहर परिवारलाई राहत वितरण गरिएको छ ।

दोस्रो लहरको कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि जारी गरिएको निषेधज्ञाका कारण समस्यामा परेकालाई स्टारीज अफ नेपाल समुुदायको सहयोग र दलित सरोकार मञ्च नेपाल,कञ्चनरुप नगरपालिका–८,सप्तरीको समन्वयमा एक सय परिवार मुसहर समुुदायलाई शनिबार राहत वितरण गरिएको हो ।

कञ्चनरुप नगरपालिका–५ पिप्रा,रामपुर पथरी र कञ्चनरुप नपा–४ बकालमा दैनिक मजदुरी गरेर खाने मुसहर समुुदायलाई राहत वितरण गरिएको हो । रामपुर पथरीमा गत बर्ष जेष्ठ ५ गते खान नपाएर मलर सदाको मृत्युु भएको थियो ।

राहतमा २५ किलो चामल,३ किलो दाल,२ लिटर तेल,३ किलो मुरही,२ केजी प्याज र सरसफाई र व्यक्तिगत सुरक्षाका लागि एक पकेट माक्स ( ५० पिस),६ ओटा हाथ धुनका लागि लाइफब्याय साबुुन,६ वटा कपडा धुने साबुुन,२ पकेट स्यान्ट्री प्याड र एक लिटर फिनेल वितरण गरिएको दलित सरोकार मञ्चका कार्यक्रम संयोजक सुनिल सरवरियाले बताए ।

दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा विपन्न मुसहर समुदायलाई राहत वितरण गरिएका मञ्चका कार्यक्रम संयोजक सरवरियाले बताए । कोशी किनारमा रहेका उक्त गाउँका अधिकांश घरलगायत निर्माणको काममा खटिने मजदुर र कृषि क्षेत्रमा श्रम गर्ने मजदुर निषेधज्ञाका कारण समस्यामा परेको जानकारी पाएपछि राहत वितरण गरिएको सरवरियाले बताए । राहत पाएपछि गत वर्ष भोकले ज्यान गुुमाएका मलर सदाकी पत्नी जलेश्वरी देवी सदाले भनिन्,‘ कोरोनाका कारण चारैतिरबाट घेरिएको बेला घरमै राहत पुु¥याउनेलाई म धन्यवाद दिन चाहन्छु ।’

मलर सदाका तीन जना छोरामध्ये तीन वटै कामका शिलशिलामा अझै पनि बाहिर छ । कञ्चनरुप नपा–५का हरि सदाले स्टोरीज अफ नेपालले विगत चार वर्षदेखी मुसहर समुदायलाई गरेको सहयोग अतुलनिय रहेको बताए । उनले भने,‘ बाढी होस कि करोना स्टोरीज अफ नेपालका जय पौडेलले हामीलाई दुःख बेला साथ दिएको छ । ’ गत बर्षको लकडाउनमा पनि सर्वप्रथम जय पौडेलले दलित सरोकार मार्फत राहत पठाएको स्मरण गरे ।

राहत वितरणमा दलित सरोकार मञ्चका लेखा अधिकृत अमित गुप्ता,कार्यक्रम सहायक अनिताकुमारी खंग,रामपुर पथरी यूवा जीवन यादबले स्वयमसेवी भएर सहयोग गरेका थिए ।

प्रतिक्रिया