कञ्चनपुर,जेष्ठ १६ गते । कञ्चनरुप नगरपालिका–१ वैरवाका एक जना ४५ बर्षिय पुरुषको आफनै लापार्वाहीले कोरोना संक्रमणबाट आईतबार मृत्युु भएको छ ।
कञ्चनरुप नपामा यो सँगै कोरोनाका कारण मृत्युहुनेहरुको संख्या १७ पुुगेको छ । इट्टा व्यवसायी रहेका ती व्यक्तिको शनिबार कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्कमा आएका थिए ।
विगत १५ दिनभन्दा बढी समयबाट ज्वरोले थलिएका ती व्यक्तिले कोरोना परिक्षण गर्नुको सट्टा स्थानीय स्वास्थ्यकर्मीसँग औषधी खादैँ थिए । ती व्यक्तिको अक्सिजन लेभल घटेर ५० मा पुुगेपछि सिकिस्त भएर कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाको सम्पर्कमा आएका थिए । ऐन्टिजेन परिक्षण् गर्दा कोरोना पोजेटिभ आएपछि उनलाई हाइप्mलो अक्सिजन दिएपछि स्वास्थ्यमा सुधार आएपछि शनिबार विराटनगर स्थित कोशी अस्पताल रेफर गरिएको थियो । उनको अस्पतालमै मृत्युु भएको कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक डम्बर प्रसाद गुप्ताले लामो समयदेखी ज्वरो लागेपनि कोरोना जाँच नगरी स्थानीय स्वाथ्यकर्मीहरुसँग औषधी किनेर खादैँ आएपछि स्थिती नाजुुक भएपछि मात्रै सम्पर्कमा आएको बताए । गुप्ताले भने,‘ कोरोनाको यस्तो अवस्थामा पनि बुुझन व्यक्तिले समेत लापार्वाही गरेपछि ज्यान गुुमाउनुु परेको छ ।’
स्थानीय स्वास्थ्य क्लिनिकमा ज्वरो लगायत कोरोनासंग मिल्दोजुल्दो लक्ष्ण भएका विरामी औषधी लिन आए तत्काल नगरपालिकाको स्वास्थ्य शाखामा रेफर गर्नपर्नेमा औषधी पसल संचालन गर्ने स्वास्थ्यकर्मीहरु औषधी बेच्ने नाममा सर्वसाधरणको ज्यानको शौदाबाजी गरिरहका स्थानीयहरुको भनाई छ ।
प्रतिक्रिया