कञ्चनपुर, जेठ १६ गते । संघीय सरकारले स्थानीय सरकारलाई पठाउने विभिन्न प्रकारका अनुदानमध्ये सप्तरी जिल्लामा सबैभन्दा बढी राजविराज र दोस्रोमा कञ्चनरुपमा नगरपालिकाले पाउने भएको छ ।
आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटबाट सरकारले सप्तरीमा कुल ६ अर्ब ९९ लाख रुपैयाँ सप्तरीका १८ पालिकालाई हस्तान्तरण गर्दै छ । यसरी हस्तान्तरण हुने रकमध्ये सबभन्दा बढी राजविरा नगरपालिकाले ५७ करोड ४८ लाख र कञ्चनरुप नगरपालिकाले ४५ करोड २३ लाख रकम पाउनेछन् । सरकारले संघबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी चार प्रकारका अनुदान तल्लो सरकारमा पठाउने गरेका छन् ।
यस्तो अनुदान राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको सिफारिसका आधारमा अर्थ मन्त्रालयले बजेट विनियोजन गर्ने प्रावधान रहेको छ । वित्तीय समानीकरण अनुदान तल्लो सरकारले निःशर्त पाउने रकम हो ।
यस्तो अनुदानलाई उनीहरुले आफ्ना कार्यक्रममा राखेर बजेट बनाउन सक्छन् । आयोगले न्यूनतम अनुदान, सुत्रमा आधारित अनुदान र कार्य सम्पादनमा आधारित रहेर सिफारिस गर्छ ।
प्रतिक्रिया