कोरोनाले कञ्चनरुप नगरपालिकाको एक जना सहित सप्तरीमा एकै दिन थप ८ जनाको मृत्यु

  • जेष्ठ १७, २0७८
  • 0
...

राजकुुमार साह कञ्चनपुर, जेष्ठ १६ गते । सप्तरीमा पछिलो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट ८ जनाको मृत्यु हुने मध्येमा कञ्चनरुप नगरपालिका–१ वैरवाका एक जना ४५ बर्षिय पुरुषको आइतवार कोशी अंचलअस्पतालमा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।

त्यसै गरी राजबिराज नगरपालिकाका कोरोना संक्रमितको बिभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेमा वडा नम्बर–१ का ५२ बर्षिय पुरुको नोवेल अस्पतालमा, वडा नम्बर–२ का ५८ बर्षिया महिलाको बिराट अस्पतालमा र वडा नम्बर–७का ६८ बर्षिया महिलाको नसिंहहोम बिराटनगरमा शनिवार राती उपचारको क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनिया लाल यादवले वताए ।

सुरुङ्गा नगरपालिका –२ का ५३ बर्षिय पुरुषको कोशी अस्पताल बिराटनगरमा, हनुमाननगर कंकालिनी नगरपालिका–१ का २२ बर्षिय पुरुषको नोवेल अस्पताल बिराटनगरमा , सप्तकोशी नगरपालिका –३ का ७५ बर्षिया महिलाको बिराटनगरको नोवेलबाट उपचार भएर बैशाख २८ गते घर आएको थियो ,भने घरमै शनिबार राती मृत्यो भएको , ९का ७९ बर्षिय पुरुषको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा आज मृत्यो भएको स्वास्थ्य प्रमुख यादवले वताए । यो संगै सप्तरीमा कोरोनाको दोस्रो लहरमा हाल सम्ममा ८० जनाको मृत्यो भईसकेको छ ।

प्रतिक्रिया