कुशवाहा राहत सङ्कलन तथा बितरण महाअभियानद्धारा अतिविपन्न परिवार स्वास्थ्य सामग्री वितरण

  • जेष्ठ १८, २0७८
  • 0
...

विराटनगर,जेठ १७ गते । “सके सहयोग गरौ नसके घरमै सुरक्षित बसौ“ भन्ने मुलनारा को साथ कुशवाहा राहत सङ्कलन तथा बितरण महाअभियानले बिराटनगर महानगरपालिका– १ मा ३० घर अतिविपन्न परिवार स्वास्थ्य सामग्री वितरण गरेको छ । महाअभियानका संयोजक गुनानन्द महतोको नेतृत्वमा शनिबार उक्त स्वास्थ्य सामग्री वितरण गरेको हो ।

महाअभियानका संयोजक गुनानन्द महतोका अनुसार परिवारको सङ्ख्या हेरि प्रत्येक घर मा घरमा माक्स,साबुन र सेन्टिाइजर लगायतका स्वास्थ्य सामग्रीमा वितरण गरिएको हो ।

उक्त अभियानमा महानगरको कुशवाहा समाजका वडाअध्यक्ष चनदन सिङ्ग,अभियन्ता बब्लु मेहताको सहभागिता रहेको थियो । समाजका वडाअध्यक्ष सिङ्गले वडामा समाजको तर्फबाट पहिलो चोटी स्वास्थ्य सामाग्री बाडिएकोमा अभियानका संयोजक महतोलाई धन्यवाद दिएका थिए । समाजका अभिन्ता बब्लु मेहताले समाजका गरिब तथा अति बिपन्न परिवारलाई राहत स्वरुप स्वास्थ्य सामग्री वितरण गर्दा हृदयदेखि खुसी लागेको बताए ।

स्वास्थ सामाग्री पाएपछी स्थानीय खुसी भएका थिए । महाअभियानका संयोजक गुनानन्द महतोका अनुसार स्वास्थ्य सामाग्री वितरणका क्रममा चेतनामूलक सल्लाह सुझाबहरु पनि दिएको बताउँदै एक हप्तापछि खाद्यान्न सामाग्री पनि वितरण गर्ने जानकारी दिए ।

प्रतिक्रिया