कञ्चनरुपका स्वतन्त्र यूूवाहरुद्धारा नगरका अति विपन्न परिवारको घर घरमै राहत,नसिमद्धारा ९ हजार एक सय सहयोग

  • जेष्ठ १८, २0७८
  • 0
...

कञ्चनपुर,जेठ १७ गते । कोरोना नियन्त्रणका लागि जारी निषेधज्ञाबाट पीडित दैनिक ज्याला मजदुुरी गरेर खाने परिवारको घर घरमै गएर स्वतन्त्र युवा समिति कंचनरुप नपा सप्तरीले राहत वितरण गरिरहेका छन् ।

पछिल्लो पटक सोमबार कञ्चनरुप नगरपालिका –९ रघुुनाथपुर,वार्ड नं ४ स्थित धनकट्टाका २६ घर परिवार अति विपन्नहरुलाई स्वतन्त्र यूवा समितिले सहयोग गरेका हुन् । विगगत दुुई सातादेखी स्वतन्त्र यूवा समितिले अति विपन्न परिवारलाई खोजी खोजी राहत वितरण गर्दै आएका छन् ।

राहतमा चामल,मुरही,आलुु,नून,दाल,चुरा,सोयाविन,साबुन, तेल र चाउ चाउ वितरण गरिएको समितिका एक सदस्य राहुुल यादबले बताए । यादबका अनुसार समितिले कञ्चनरुप नपा भिह अहिलेसम्म १२५ भन्दा बढी अतिविपन्न परिवारलाई सहयोग गरिसकेका छन् । सोमबार राहत वितरणका लागि मोहम्मद नसिम अहमदले ९ हजार एक सय रुपैया सहयोग गरेको छ ।

अहमद स्वंयम पनि उक्त समितिमा रहेका स्वयमसेवक भएर खटिदै आएको छ । समितिले जोखिममा परेका परिवारहरुलाई अतिआवश्यक सामग्रीहरु वितरण गर्ने र समाजमा केही समस्या परेमा ,केही घटना घटेमा जतिखेर पनि सहयोग गर्न तयार रहेको जनाएको छ ।

उक्त स्वतन्त्र यूवा समितिमा जय प्रकाश गुप्ता, राहुल यादब,रोशन राज ठाकुर,राजेश यादव,बिबेक शाह,पुरेन्द्र यादब,सिद्धान्त यादव,मो.नसिम अहमद,मनोज कुमार साह,राम सागर मेहता,संजिप गुप्ता र देब राम रहेका छन् ।

प्रतिक्रिया