निषेधाज्ञा उल्लंघन गर्ने १३ जना व्यापारी पक्राउ

  • जेष्ठ १८, २0७८
  • 0
...

कञ्चनपुर,जेठ १८ गते । जिल्ला प्रहरी कार्यालय सप्तरीले निषेधाज्ञा उल्लंघन गर्ने पसल संचालन गर्ने १३ जना व्यापारीहरुलाई मंगलबार पक्राउ गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा निषेधज्ञा उल्घन गर्ने पसल संचालन गर्ने राजबिराजका किराना पसल, कस्मेटिक पसल, मोबाईल पसल, कपडा पसल, फलफुल पसल खोली ब्यापार गर्दै आएको अवस्थामा १३ जना पसल संचालकहरुलाई नियन्त्रणमा लिइएको जिप्रका सप्तरीका सूचना अधिकारी डिएसपी माधव प्रसाद काफ्लेले जनाएको छ ।

कोभिड–१९ सङकट ब्यवस्थापन अध्यादेश २०७८ अनुसार पक्राउ परेका व्यपारीहरुलाई कार्यवाही हुने डिएसपी काफ्लेले जनाएको छ । बिश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९को संक्रमण नेपालमा तिब्र रुपमा फैलिदै गएको अवस्थामा सोको रोकथाम, नियन्त्रण गर्नको लागी निषेधज्ञा जारी भएपनि स्थानिय व्यापारीहरु त्यसको उल्घंन गर्दै आएका छन् ।

प्रतिक्रिया