कञ्चनपुर, जेष्ठ१९ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा एकै दिनमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कञ्चनरुपको आईसोलेसन सेन्टर धरमपुरमा बुधवार ३५ जनाको ऐन्टीजेन बिधिवाट परिक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ , भने पिसिआर बिधिवाट ७ जनाको परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको कञ्चनपुर प्राथमिक स्वास्थ्य केन्द्रका कोभिड कोडिनेटर संयोजक बिकास गुप्ताले वताए ।
कोरोना संक्रमित १५ जना मध्ये कञ्चनरुप नपा. वडा नम्बर–८ का ३६ बर्षिय,७५ बर्षिय , २५ बर्षिय, ४५ बर्षिय पुरुष र ४७ बर्षिया महिला छन् । वडा नम्बर–१० का ५५ बर्षिय पुरुष, १२का ३५ बर्षिय पुरुष छन, भने १५ बर्षिय बालक र ४२ बर्षिया, ५८ बर्षिया, ३८ बर्षिया, ३५ बर्षिया महिला सहित १५ बर्षिया र १७ बर्षिया बालिका छन् ।
त्यसै गरी वडा नम्बर–६ का ५० बर्षिय पुरुष संक्रमण भएको गुप्ताले वताए । कञ्चनरुप नगरपालिकामा कोरोनाको दोस्रो लहरमा हाल सम्म २ सय ७७ जनामा कोरोना संक्रमित मध्ये ८६ जना ऐकटिभ संक्रमित रहेको र आज वाड नम्बर–५ का ३८ बर्षिय पुरुष र १२का ६० बर्षिय पुरुष सहित गरी १९ जनाको कोरोनावाट मृत्य भईसकेको गुप्ताले वताए ।
प्रतिक्रिया