छुुवाछुत भेदभाव मुक्त राष्ट्र घोषणा भएकै दिन दलित किशोरमाथि निर्घात कुुटपिट भएको घटना सार्वजनिक,दोषीलाई कार्यवाही गर्न दलित अधिकारकर्मीद्धारा माग

  • जेष्ठ २१, २0७८
  • 0
...

कञ्चनपुर, जेठ २१ ग्ते । शुक्रबार देशभर छुुवाछुत भेदभाव मुक्त राष्ट्र घोषणा भएको अवसरमा सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले दलित अधिकारबारे छलफल गदैछन् तर रौतहटको एक गाउँमा एक जना दलित युवालाई निर्घात कुटपिट भएको भिडियो सार्वजनिक भएको छ ।

कार्यालयले रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका–५ का विकास पासवानलाई निर्घात कुुटिएका हुन् । कक्षा ११ मा पढ्ने पासवानलाई वडा नम्बर ४ बस्ने किन्सीदेव गिरीले बाँधेर कुटपिट गरका हुन् । किन्सी देव सँगै उनका छोराहरु सन्तोष गिरी, छोटु गिरीलगायतको समूहले बाँधेर पिटेको प्रत्यक्षदर्शीले बताएका छन् । घटना बिहीबारकै भए पनि प्रहरीले अझै घटना बाहिर ल्याएको छैन । दुर्गाभगवती–५ का वडाध्यक्ष धर्मनाथ चौधरीले ती युवकले स्थानीय युवतीलाई प्रेमपत्र लेखेपछि घटना भएको आफूले सुनेको बताए ।

‘केटीलाई चिठीसिठी पठायो भन्ने कुरा सुन्नमा आएको छ, खास कुरा के हो मलाई पनि थाहा छैन’ उनले भने, ‘ब्यस्त भएकाले राम्रोसँग बुझ्न पाएको छैन ।’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) शिद्धिविक्रम शाहले कुटपिटबारे उजुरी परेको बताए ।

पीडित युवकको स्वास्थ्य जाँच गरिएको र घटनामा संलग्नहरु फरार रहेको एसपी शाहले बताए । ‘घटनामा संलग्नको खोजी भइरहेको छ, अहिले अनुसन्धानकै क्रममा छौँ, साझसम्म केही आउँला’ एसपी शाहले भने । युवक दलित समुदायको भएकाले गाउँका गैरदलितहरुले कुटपिट गरेको स्थानीयको दावी छ । कार्यालयले रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका–५ का विकास पासवानलाई निर्घात कुुटिएका घटनामा दोषीलाई कार्यवाही गर्न दलित समुुदायका सांसद र अगुवाहरुले माँग गरेका छन् ।

ती युवालाई कुुटपिट गरेको घटनाको भिडियो बाहिरिएसँगै चौर्तफी घटनामा संलग्नलाई कार्यवाही गर्न अवाज उठेको छ । राष्ट्रियसभाका सदस्यद्धारा कार्यवाहीको माग राष्ट्रियसभाका सदस्य राधेश्याम पासवानले दुर्गा भगवतिपुर गाउँपालिकाका किसुन्देब गिरीले सार्वजनिक स्थानमा दलित युवालाई निर्मम तरिकाले गरिएको कुटपिट २१ औं शताब्दीको मानवता विरोधी कार्य रहेको भन्दै रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई कारबाही गर्नेको लागि माग गरेको जनाएको छ ।

द्यलित सरोकार मञ्च नेपाल कञ्चनरुप नपा –८ सप्तरीका अध्यक्ष युक्तिलाल मरिकले चिट्टी लेखेको आंशकाकै भरमा दलित युवकमाथि भएको कुटपिटमा संलग्नलाई कार्यवाही गर्न माँग गरेका छन् । जेठ २१ गते देशभर सरकारी तथा गैर सरकारी कार्यालयहरुले जातिय छुवाछुत भेदभाव उन्मूलन दिवस मनाइरहेको बेला सार्वजनिक भएको कुटपिटको घटनाले दलित सम्बन्धी कानुुनी व्यवस्था कार्यान्वयनको अवस्था ज्यादै फित्तलो रहेको संस्थाका अध्यक्ष मरिकले बताए ।

त्यस्तै बहुजन समाज परिषदका अध्यक्ष हरिनन्द अम्बेडकरले दोषीलाई कार्यवाही गर्न माँग गर्दै तत्काल कार्यवाही नभए निषेधज्ञा उल्घन गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

प्रतिक्रिया