कञ्चपुर, जेष्ठ २६ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा पछिलो २४ घण्टामा ७ बर्षिय बालक सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कञ्चनरुप नपा.–१२ स्थीत धरमपुर आईसोलेसन सेन्टरमा बुधवार (आज) १५ जनाको एन्टिजेन बिधिवाट परिक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ , भने एक जनाको पिसिआर परिक्षणवाट संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित ८ जना मध्ये वडा नम्बर–७ का ७ बर्षिय बालक,७३ बर्षिय र ३७ बर्षिय पुरुष छ । त्यसै गरी वडा नम्बर–८ का ६१ बर्षिय पुरुष र ६० बर्षिय महिला , १० का २० बर्षिय पुरुष, १२ का ४८ बर्षिय पुरुष रहेको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका सिआइटी कोडिनेटर बिकास गुप्ताले वताए ।
कञ्चनरुप नगरपालिकामा हाल सम्म जम्मा संक्रमित संख्या ३ सय ७ जना मध्ये, २ सय ९ जना हाल सम्म संक्रमण मुक्त भएको छ , भने हाल सम्म सक्रिय संक्रमितको संख्या ७८ रहेको र कोरोना संक्रमणवाट हाल सम्म कञ्चनरुपमा २० जनाको मृत्यु भएको गुप्ताले वताए ।
प्रतिक्रिया