कार्यालय प्रमुखले आफनै पत्नीलाई गरे नियुक्ती तर नियम अनुसार दलित महिलालाई नियुक्ती दिन आलटाल

  • असार २, २0७८
  • 0
...

वीरगंग,असार २ गते । ऐन कानूनलाईलाई धज्जी उडाउँदै आफनो पत्नीलाई जागिर लगाएका प्रदेश सरकार मातहत जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र पर्साका प्रमुख डा. रमेश मिश्रले एक जना दलित समुुदायको नियुक्तीमा झेल लगाएका छन् ।

उक्त कार्यालयले २०७७ असोज २७ गते विज्ञापन  नं. १–२०७७÷०७८ वैद्य (चौथौं तह), विज्ञापन  नं. २–२०७७÷०७८ ( श्रेणीविहीन) सहयोगी र विज्ञापन  नं. २–२०७७÷०७८ ( श्रेणीविहीन) अभ्यङकर्ताको लागि  विज्ञापन प्रकाशित गरेको थियो । 

उक्त विज्ञापन तेस्रो विज्ञापनका लागि  २०७७ पुुष २० गते लिइएको अन्तवार्ताको पुुष २२ गते प्रकाशित नतिजामा अभ्यङकर्ता पदमा सफल उम्मेदबार लक्ष्मी झा र वैकल्पिक उम्मेदबारमा सोनी कुमारी पासवानको नाम प्रकाशित गरेको थियो । 

अभ्यङकर्तामा सफल उम्मेदबार लक्ष्मी झाले २०७७ चैत्र ६गतेको नियुक्ती वुुझन आउनेबारे प्रकाशित सूचना अनुसार नियुक्ती बुझि लगेको तर नियुुक्ती भएको भएको मितिदेखी अहिलेसम्म हाजीर भएको छैन । 
कार्यालय प्रमुख झाले कार्यालय सहयोगी तथा अभ्यकर्ता पदमामा नाम निकालेका उम्मेदबार काम गर्न नआएपछि वैकल्पिक उम्मेदबारलाई नियुक्त गर्नुपर्नेमा सो नगरी उक्त पदमा पैसाको चलखेल गरि भर्ना गर्न खोजेको आरोप लागेको अभ्यङकर्ताका वैकल्पिक उम्मेदबार सोनी कुुमारीले जिल्ला प्रशासन  कार्यालयमा २०७७ पुुष २४ गते लिखीत उजुरी दिएको छ । 
‘नियम अनुसार ३५ दिनमा हाजिर नभएकोले स्वत: पद रिक्त हुन आएकोले निजले नियुक्ती लिएको ३५ दिनपछि वैकल्पिक उम्मेदबार र कार्यालयमा उपस्थित हुदाँ नियुुक्ति पत्र नदिएकोले आलटाल गरिरहको छ ।’ अभ्यङकर्ताका वैकल्पिक उम्मेखबार सोनी कुुमारी पासवानले भनिन,‘ मैले कार्यालय प्रमुखलाई अभ्यङकर्ता पदमा नियुुक्ति लिएकी लक्ष्मी झाले नियुक्ती लिएको २०७७ चैत्र ११ गतेका दिन देखी २०७८ जेष्ठ ६गते अर्थात ५५ दिन हुुदा समेत उक्त पदमा नियमअनुसार वैकल्पिक उम्मेदबार मलाई नियुक्ती दिनुुपर्छ पर्दथ्यो तर आपूm दलित समुुदायका भएकाले कार्यालय प्रमुख मिश्रले हेप्ने काम गरेको बताइन् । उनले भनिन,‘ मैले जिल्ला प्रशासनदेखी अख्तियार र समाजिक विकास मन्त्रालयसम्म उजुरी गरे तर कार्यालय प्रमुख मिश्रलाई राजनीतिक पहुुँचका अधारमा अहिलेसम्म कत्तैबाट कार्यावाही भएको छैन, नत मेरो नियुक्ती ।’ 
कार्यालय प्रमुखले वैद्यमा आफै पदपुुर्तिको संयोजक भएर पत्नी र आफन्तलाई जागिर दिए 
कार्यालय प्रमुख मिश्रले वैद्य पदको ३ सिटमध्ये पहिलो अन्तरवार्तामा आफै  पदपुुर्ति समितिको संयोजक भई पत्नी शालनी मिश्र र आफनै नजिकका नातेदार नवनितकुमार झाको नाम सफल उम्मेदबारमा प्रकाशित गरेको थियो । 

उक्त पदका लागि २२ जनाले आवेदन दिएकाहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यालय प्रमुख मिश्रले पदको दुुरुपयोग गरि पत्नीको नाम प्रकाशित गरि अख्तियार दुरुपयोग गरेको भन्दै  उम्मेदबारमध्येका मुकेश यादबले उजुरी गरेको थियो । उक्त उजुरीको आधार जिल्ला प्रशासन कार्यालयले २०७७ फागुन ११ गतेको  च.न. ११३४को पममा आफै संयोजक भई पत्नीलाई करार वैद्यमा दिएको नियुक्ती समेत सम्मपूर्ण वैद्यको विज्ञापन नं. ०१–२०७७÷०७८को नतिजा बदर गरेको थियो । 
जिप्रकाले नियुुक्ती बदर गर्दै आयुुर्वेद कार्यालयलाई परिक्षा तीन शर्त बमोजिम लिन उत्तल पत्रमा उल्लेख गरेको थियो । जसको पहिलो बुुँदामा पदपुर्ति समितिमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि बस्नुुपर्ने उल्लेख थियो । दोस्रो बुुदाँमा योग्यता मापन हुने खालको परीक्षा प्रणाली अवलम्बन गर्नु पर्नेमा उल्लेख थियो । तर जिल्ला आयुर्वेदको २०७७ चैत्र २६को वैधको पुन ः अन्तवार्ताको सूुचनामा अन्तरवार्ता मात्र लिएको र त्यसमा जिप्रकाको प्रतिनिधिलाई सहभागी गराइएको थिएन । त्यस्तै परिक्षार्थीरुलाई सक्कल प्रमाण पत्र मात्र माग गरिएको थियो । जुन योग्यता मापन हुने खालकाको परीक्षा नभई जिप्रकाले खारेज गरेको पहिले कै अवस्था हो । उक्त वैद्यको परिक्षार्थी १४ जनामा धेरै जसोलाई पुन ः अन्तरवार्ता सूूचना समेत नदिएको र अन्तरवार्ता चैत्र २६गतेका दिन ११ बजे जम्मा ५ जना उपस्थित भएकोमा साँझ ३ बजे बहुमत संख्या नै नपुुगेको जम्मा ५ जनाको अन्तरवार्ता लिई पहिलोकै तीन जनालाई पुन नाम तलमाथि गरि नतिजा प्रकाशन गरेकोले छानविन गर्न निवेदन दिएको छ ।  
कार्यालय प्रमुख मिश्रको बदमासीबारे  पटक पटक उजुरी तर छानविन हुदैन
२०७७ भदौं २९ गते जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्सामा  अनियमितता गर्ने कार्यालय प्रमुख डा. रमेश मिश्रलाई आवश्यक छानविन गरी कारवाहीगर्न माग गर्दै स्थाीयले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाई ध्यानाकर्षन गराएका थिए । 
डा. रमेश मिश्राले पर्सा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको प्रमुखको जिम्मेबारी लिए पछि स्थानिय अगुवा तथा क्लबका पदाधिकारीहरुको पहल पश्चात आयुर्बेद स्वास्थ्य केन्द्र व्यवस्थापन चुस्त दु्रस्त बनाउन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सहयोग समिती गठन गरिएको थियो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख मिश्राले स्थानिय वडाबासी भएकै कारण अस्पताल ब्यवस्थापनमा मनोमानी गर्दै आएका छन । यस अस्पतालको औषधि खरिद, बजेट खर्च, उपचार लगायतमा अपारदर्शी ढंगबाट प्रकिृया मिचेर अनियमितता हुने गरेको र कार्यालय प्रमुख आफु बिरामी भएको बहानागरी घर बसि बसि जोखिम भत्ता सहितको तलब खाने गरेका छन । कर्मचारीहरु नियमित कार्यालय आउदैनन् आएपनि एकैपटक एक महिनाको हाजिरी गरी तलब बुझ्ने गरेका ज्ञापनपत्रमा उल्लेख थियो । 
स्वास्थ्य केन्द्रमा विगत ६÷७ वर्ष देखि अस्थाई दरबन्दिमा कार्यरत १ जना महिला कार्यालय सहायकको नियुक्ति नविकरण नगरी सोर्स–फोर्सको आधारमा राजनितिक व्यक्तिको आडमा थप दुई जना कर्मचारी राखेको र ति कर्मचारीबाट रकम असुल गरी पदको दसरुपयोग गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सहयोग समितीको ठहर रहेको छ ।
राजनितिक पहुँचका आधारमा आएका अस्थाई कर्मचारी महिनामा १÷२ दिन मात्र कार्यालमा आउने गरेको र महिना भरीको तलब बुझ्ने गरेका छन् । यसका साथै कार्यलयमा अनेकौं नियम बिपरित कामहरु ह्ुदै आई रहेको छ । यस सन्दर्भमा स्थानिय बासीहरुको गम्भिर ध्यानाकर्षण भई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सहयोग समितीसंग छलफल तथा समन्वय गरी स्थानीय युवाहरुले अस्पतालमा निगरानी बढाएपछि अस्पताल प्रशासनले आफैले गठन गरेको संचालक समिति ६ महिना नबित्दै सुचना निकाली खारेज गरी मनोमानी गरेको स्थानियहरुको ठहर छ ।
उपरोक्त बुंदाहरुमा छानविन गरी कार्यालय प्रमुख डा.रमेश मिश्र लाई कानुन बमोजिम कार्यवाही गर्न अनुरोध गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको थियो । वीरगंज महानगरपालिका वडा नं.१५ का स्थानीय ५६ जनाको हस्ताक्षर सहितको ज्ञापनपत्र बुझाइएको थियो । तर मिश्रलाई अहिलेसम्म कतैबाट कार्यवाही  भएको छैन । 
कार्यालय प्रमुख मिश्र भन्छन् ‘मेरो पत्नी प्रक्रिया पुु¥याएर जागिरमा भर्ना भएका हुन’
जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र पर्साका प्रमुख डा. रमेश मिश्रले आफनो पत्नी शालिनी मिश्र प्रक्रिया पुु¥याएर भर्ना गरेको बताए । उनले भने,‘ पहिलो पटकको नतिजा जिल्ला प्रशासन कार्यालय पर्साले रद्द गरेपछि दोस्रो पटक पुन : अन्तरवार्ता लिइएको र त्यसमा सफल भएपछि भर्ना भएको हो ।’ 

अभ्यङकर्ता पदमा सफल उम्मेदबार लक्ष्मी झाले नियुक्ती लिएपनि ३५ दिनसम्म हाजिर नभएपछि वैकल्पिक उम्मेदबार सोनी कुुमारीलाई नियुक्तीबारे गर्नु पर्ने विषयमा कार्यालय प्रमुख मिश्रले भने,‘ नियुक्ती लिइसकेपछि के कारणले हाजिर हुन सकेन त्यो बुुझन पत्राचार गरेको छुु,त्यसपछि मात्रै वैकल्पिक उम्मेदबारको नियुक्ती प्रक्रिया अघि बढ्छ । ’
तर वैकल्पिक उम्मेदबार सोनी कुुमारीले कार्यालय प्रमुख मिश्रले दलित समुुदायको भएकै कारण वैकल्पिक उम्मेदबार भएपनि आपूmलाई नियुक्ती दिनुुको सट्टा समय गुजारेर उक्त पदमा पनि आफनो मान्छे भर्ना गर्ने षडयन्त्र गरेको बताइन् ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकार पिताम्बर घिमिरेले आपूm आउनुुभन्दा पहिलेको केश भएकाले उक्त विषयमा  आपूmलाई केही जानकारी नभएको तर बुुझने काम गर्ने बताए । दलित अगुवा श्यामप्रदेश २ सरकारले प्रदेशमा १७.२९ प्रतिशत आरक्षण दलित समुुदायलाई दिएपनि त्यसको कार्यान्वयन भइरहेको छैन । 

प्रतिक्रिया