महाअभियानका संयोजक महतो खाद्यान्न सामाग्री लिएर विपन्नको घर दैलोमा 

  • असार ३, २0७८
  • 0
...

विराटनगर,असार ३ गते । कुशवाहा राहत सङ्कलन तथा बितरण महाअभियानले बिराटनगर महानगरपालिकाको १३ र १४ नम्बर वडाको १९ परिवार गरिब तथा अति बिपन्न परिवारलाई राहत वितरण गरेको छ ।
महाअभियानका संयोजक गुनानन्द महतो र समिति सदस्य रामानरायण मेहता समेतको टोली बुुधबार खाद्यान्न सामाग्री चामल,दाल,नुन र तेल सहितको सामाग्री लिएर विपन्नको घरमै पुगेका थिए ।

समिति सदस्य तथा महाअभियानका रामनारायण मेहताका अनुसार महानगरको वडा नम्बर १,५,१२,१३ र १४ मा अति बिपन्न परिवारलाई खोजी खोजी स्वास्थ सामाग्री र खाद्यान्न सामाग्री वितरण गरेको बताए । अभियानमा सामाग्री बितरण गर्न समाजिक अभियन्ताहरु सुरेश महतो बब्लु मेहता सामाज सेवी सिङ्गर बिरेन्द्र मेहताको समेत उपस्थित थियोे । महा अभियानका संयोजक गुनानन्द महतोले यो विषम घडिमा स्वास्थका बिधिहरु अपनाएर घरमै बस्न सबैमा आग्रह समेत गरेका थिए । महानगर लगाएयत सुनसरी र सप्तरीमा समेत अभियान चलिरहेको संयोजक महतोले बताए ।

प्रतिक्रिया