कञ्चनपुर,असार ४ गते । सप्तरीमा बालिका सामूहिक बलात्कारका फरार एक अभियुक्त र हत्या आरोपमा पक्राउ परेका चार जनालाई सप्तरी जिल्ला अदालतले जेल चालन गरेको छ ।
सप्तरी रुपनी गाउँपालिका–१ रायपुर स्थित रुपनीवाट राजविराज तर्फ जाने सडक खण्डमा गत जेष्ठ ६ गते स्थानीय ५० बर्षिया रामदल यादवको हत्या आरोपमा पक्राउ परेका चार जनालाई जिल्ला अदालत सप्तरीले पूर्वक्षका लागि करागार चलान गरेको छ ।
रुपनी गाउँपालिका–१का ३० बर्षिया बिनय यादव,सोही वडाका ३० बर्षिया मनोज कुमार यादव, २४ बर्षिया मुकेश कुमार यादव र खड्क नगरपालिका ५ बस्ने ३१ बर्षिया महेश कुमार पासवान समेतले यादवलाई भुईमा लडाई लछार पछार गरी घरेलु धारिलो हतियार खुकरीले टाउँकोमा प्रहार गर्दा गम्भिर चोट लागी मृत्यु भएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जनाएको छ ।
प्रहरीले आरोपीहरुलाई घट्नास्थलवाट पक्राउ गरीएको दावी गरेका छन् । प्रहरीले गत जेठ ६ गते नै सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी बिहीबार अनुसन्धान कार्यपुरा गरी अदालतमा उपस्थित गराएका थिए । जिल्ला अदालतले चार जना प्रतिवादीहरूलाइ पुर्पक्षकको लागी कारागार कार्यालय सप्तरीमा पठाईएको डिएसपी काप्mलेले जनाएका छ ।
सामूहिक बलात्कारका फरार अभियुक्त १४ वर्षपछि जेल चलान
सप्तरीमा बालिका सामूहिक बलात्कारका फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिलाठी कोईलाडी गाउँपालिका ३ बस्ने जोगिन्द्र भनिने ओम प्रकाश मुखिया रहेका छन् ।
उनलाई सप्तरी प्रहरीले बुधबार राति उनकै गाउँबाट पत्राऊ गरेको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार ९ असोज २०६४ मा गाउँकै एक १० वर्षीया बालिका बाख्रा चरान गएको बेला सामुहिक बलात्कार भएको थियो । बलात्कारमा संलग्न रहेका मुखिया घटनाको बेलादेखि फरार रहेका थिए ।
सो घटनामा संलग्न आरोपीहरुलाई सप्तरी जिल्ला अदालत सप्तररीले ५ असार २०७५ मा जनही १३ बर्ष कैद फैसला गरेको थियो । पक्राउ परेका मुखियालाई बिहीबार नै सप्तरी जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागी कारागार कार्यालय सप्तरी पठाएको र अन्य फरार प्रतिवादीलाई खोजतलास गरिरहेको डीएसपी काफ्ले जानकारी दिए ।
प्रतिक्रिया