आँपको प्रलोभनमा करणी गर्न खोजेपछि इन्कार गर्दा ९ बर्षिया बालिकाको हत्या

  • असार ७, २0७८
  • 0
...

राजकुमार साह
कञ्चनपुर,असार ७ गते ।
आँपको प्रलोभनमा करणी गर्न खोजेपछि इन्कार गर्दा ९ बर्षिया बालिकाको हत्या भएको रहस्य खुलेको छ । सप्तरीमा नौ वर्षीया बालिकाको घाँटी रेटेर भएको हत्या करणी गर्न खोजेको र नमाने घाँटी रेटी हत्या गरिएको रहस्य सार्वजनिक भएको हो ।

गत शुक्रबार घाँस काट्न घरबाट निस्केकी डाक्नेश्वरी नगरपालिका–३ हटैलका रामउद्गार यादवकी छोरी शिवानीकुमारी यादवको विहानै हत्या भएको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादवलाई आईतबार प्रहरीले पक्राउ गरि अनुसन्धान गरेको थियो । घटना भएसँगै प्रदेश प्रहरी कार्यालयबाट एक टीम  र सप्तरी प्रहरीले अनुसन्धान थालेको थियो । उक्त टोलीले यादबलाई नेपालबाट भारत तर्फ जादै गरेको अबस्थामा भारतीय सीमामा आईतबार पक्राउ गरेको थियो । 

आँपको प्रलोभन दिएर करणीको प्रयास  ः  जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र प्रसाद धमलाका अनुसार पक्राउ परेका यादबले करणी गर्न खोजेको र नमाने घाँटी रेटी हत्या गरेको बताए । 
एसपी धमलाका अनुसार शुक्रबार बिहान करिब ७ ः३० बजे मृतक शिबानी कुमारी यादब र निजकी बहिनि अ.बर्ष ५ की सँध्या कुमारी यादब सँगै बाख्रा चराउन र घाँस काट्न हिडेका थिए । घर देखी करिब ८०० मिटर उत्तर पुर्व पर्ने खेतमा जाँदै गरेकोमा बाटोमा आँपको बगैँचा नजिक पुग्दा शिबानी कुमारीले २ वटा आँप भूईबाट टिपि बहिनि सँधया कुमारीलाई दिएर ‘तिमी बाख्रा लिएर खेत तर्फ जादै गर म अरु आँप टिपेर आउँछु ’ भन्दै बहिनि सँध्यालाई खेत तर्फ पठाएको थियो । 

मृतक शिबानी नजिकैको शिबनाथ यादबको आँप बगैँचामा गई आँप टिपिरहेको अबस्थामा आरोपी रोहित कुमार यादबले  बगैंचामा वरिपरी कोही नभएको मौका छोपी निज शिबानी कुमारीलाई आँप दिने प्रलोभनमा यौन इच्छा पुरा गर्न करणी गर्ने प्रयास गरेको थियो । तर बालिकाले इन्कार गर्दै सो कुरा आमालाई बताई दिने भनेकीले निज बालीकाको साथमा रहेको हँसियाले घाँटि रेटि हत्या गरेर यादब फरार भएको थियो । पक्राउपछि अनुसन्धान गर्ने क्रममा यादबले बलात्कार गरि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ

प्रतिक्रिया