बैकिङ कसुर मुद्दाको फरार अभियुक्त पक्राउ

  • असार १0, २0७८
  • 0
...

कञ्चनपुर,असार ०९ गते । सप्तरीमा बैकिङ कसुर मुद्दाको फरार अभियुक्तलाई प्रहरीले  पक्राउ गरेको छ । 

शम्भुनाथ नगरपालिका—१२ का मो. युसुफलाई  जिल्ला प्रहरी कार्यालय सप्तरी र अदालतको डोर टोली समेतले संयुक्त रुपमा खोजतलासको क्रमर्मा  बुधवार(आज) पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदयभान द्विवेदीले वताए । प्रहरीका अनुसार साविक अर्नाहा गा.वि.स —९ हालका शमभुनाथ न.पा. वडा नम्बर—१२ का मो. हमिदको जाहेरीले बैंकिङ कसुर मुद्यामा उच्च दालत जनकपुरको मिति २०७७ चैत १९ गतेको फैसला अनुसार दश दिनको कैद र ७ लाख रुपैया जरिवाना हुने गरी फैसला भएको थियो । अदालतको फैसला अनुसार अभियुक्त मो. युसुफलाई कैद÷जरिवाना भुक्तानको लागी कारागार कार्यालय राजबिराज सप्तरी पठाएको प्रहरी निरीक्षक उदयभान द्विवेदीले वताए ।

प्रतिक्रिया