बिष्णुपुर(सप्तरी) असार ९ गते । सप्तरीको बिष्णुपुर गाउँपालिकाले कृषि,स्वास्थ्य,शिक्षा तथा कोभिड–१९लाई नियन्त्रण र विकास निमार्णको क्षेत्रलाई समेटेर आर्थिक वर्ष २०७८÷०७९ का लागि ३६ करोड ५७ लाख ४० हजार रुपैयाँको बजेट ल्याएको छ ।
बुधबार स्थानीय आघारभुत जनता माध्यमिकमा बिष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवले आगामी आर्थिक वर्ष २०७८÷०७९को नीति,कार्यक्रम तथा बजेट कृषि,स्वास्थ्य,शिक्षा तथा कोभिड–१९लाई नियन्त्रण र विकास निमार्णको क्षेत्रलाई प्राथमिकतामा राखि बजेटमा प्रस्तुतीकरण गरिएका छन् ।
सो सातौं गाउँसभामा आगामी बर्षमा गाउँपालिकाको विश्वव्यापी रुपमा फैलिएका कोरोना भाइरसको माहामारीमा कारण विदेशमा काम गर्न नसकि र स्वदेश फर्कने गाउँपालिका बासीलाई कृषि पेशामा संलग्न गराई रोजगार वनाउने गरी कार्यक्रम सञ्चालन,पछाडी पारिएका वर्ग तथा समुदायलाई सामाजिक आर्थिक परिचालनको माध्यमबाट नेत्तृव क्षमता विकास गरी पालिकाको विकास समृद्धि पहँच स्थापित गर्ने,आगामी बर्षमा रहेको रेडियो कार्यक्रम तथा पत्रिका लगायत पत्रपत्रिकाको विकासका लागि आबश्यक सहयोग गर्ने उपलब्ध गराईनेछ र सूचना तथा विज्ञापन वितरण समानता र समानुपातिक सिद्धान्तका आघारमा अबश्यक ब्यवस्थापन गर्न बजेटको व्यवस्था सम्मको योजना सातौंैं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा समिटिएकोे छन् ।
सो सातौं गाउँसभामा बिष्णपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ललन कुमार यादवले,‘– आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि गाउँपालिकाले चालू खर्च २० करोड ३५ लाख ४४ हजार, पूँजीगत खर्च १६ करोड २१ लाख ९६ हजार विनियोजन गरेको बताए ।
सो गाउँसभामा बिष्णुपुर गाउँपालिका उपाध्यक्ष जंजीरा देवी यादव,नेपाल रेडक्रस सोसाईटी राविराजकाका कार्यक्रम अधिकृत ब्रहमदेव यादव,वडा नं.१ का वडाध्यक्ष इमराहीम मंसुरी, वडा नं २ का वडा अध्यक्ष भोगेन्द्र प्रसाद यादव,वडा नं.३ का वडा अध्यक्ष रामेश्वर यादव, वाड नं ४ का वडा अध्यक्ष दिेश यादव,वडा नं.५ का वडाअध्यक्ष जिवछ मण्डल,वाड नं ६ का वडा अध्यक्ष बिहादुर सदा र वाड नं ७ का वडा अध्यक्ष विन्देश्वर साह,कार्यपालिका सदस्य,कर्मचारी लगायत वडासदस्यहरुले सामुहिक धारणा राख्दैं सातौं गाउँसभा अन्तिम गाउँसभा भएकाले समयलाई सदुपयोग गर्दै बिष्णुपुर गाउँपालिकाको समग्र विकास तथा समृद्ध तर्फ अगाडी बढन सबै जनप्रतिनिधि तथा कर्मचारीहरु एकजुट हनु जरुरी रहेको बताए ।
सो सातौं गाउँसभामा अवसरमा कोभिड १९ को राकथाम तथा नियन्त्रणमा उत्कृष्ट काम गरे बापत बिष्णुपुर गाउँपालिकाका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई सम्मान समेत गरिएको प्रमुख प्रशासकिय अधिकृत यादवले बताए । सो गाउँपालिकाको अध्यक्ष लिलाम्बर यादवको अध्यक्षतामा सम्पन्न नीति तथा कार्यक्रममा स्वागत मन्त्वय गाउँपालिकाका प्रशासन शाखा संयोजक रामलखन मेहता एवं कार्यक्रम सञ्चलन नायब सुब्बा गंगा साहले गरेका थिए ।
प्रतिक्रिया