कञ्चनरुप नगरपालिकाले अगामी आर्थिक बर्ष २०७८÷७९मा ६५ करोड बजेट पेश,चालुु आर्थिक वर्ष प्रगति ८५ प्रतिशतभन्दा बढी

  • असार ११, २0७८
  • 0
...

राजकुमार साह

कञ्चनपुर, असार १० गते । सप्तरीको कञ्चनरुप नगरपालिकाले पाँचो नगरसभाद्धारा अगामी आर्थिक वर्ष २०७८/०७९ को लागी ६५ करोड ५६ लाख ९ हजार ४ सय ६५ रुपैया बरावरको वजेट पेश गरेको छ ।

कञ्चनरुप नगरपालिकाको आफनै सभा हलमा बिहिवार उप नगरप्रमुख नीरु पोखरेलले नीति तथा कार्यक्रम पेश गर्दै सर्वसहमतिले उक्त नीति तथा कार्यक्रम र बजेट पास भएको कञ्चनरुप नगरपालिकाका प्रवक्ता राजकुमार साहले जानकारी दिएको छ । नीति तथा कार्यक्रम र बजेट पास भएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा वडा नम्बर ८का वडाअध्यक्ष समेत रहेका साहले भने,‘ स्वास्थ्य क्षेत्रमा तुलनात्मक रुपमा धेरै सुधार भएपनि शिक्षा क्षेत्रमा थप सुधार गर्नुपर्ने आवश्कता रहेको बताए ।

प्रवक्ता साहका अनुसार आर्थिक वर्ष २०७८÷०७९को वजेट विनियोजन अनुसार नगर स्तरीय गौरवको योजनाहरुका लागी एक करोड, भौतिक पूर्वधार योजनाको लागी भनेर २ करोड ५० लाख, आर्थिक विकासको लागी ६८ लाख ५६ हजार ९ सय ६० रुपैया,समाजिक विकासको लागी एक करोड ५५ लाख ४ हजार, वन वातावरण तथा विपद् ब्यवस्थापनको लागी २६ लाख ३३ हजार ६ सय ९६ रुपैया, सु—शासन तथा संस्थागतको लागी ६० लाख ९३ हजार ३ सय ४४ रुपैया,१२ वटा वडालाई सिलिङ्ग वजेटको लागी ८ करोड, कार्यालय संचालन खर्चको लागी ११ करोड ३ लाख,नगर स्तरीय अत्यावश्यक कार्यक्रम –कोरोना,सम्पुरक लगायत अन्यको लागी ४ करोड ४० लाख, क्रमागत योजनाको लागी भनेर ४ करोड ३० लाख, कर्मचारी कल्याण कोषको लागी ५८ लाख ७७ हजार १ सय ७५ रुपैया, मर्मत सम्भार कोषको लागी ३७ लाख ६४ हजार २ सय ९० रुपैया, संघिय सर्शत कार्यक्रमको लागी २७ करोड १७ लाख, संघिय विशेष कार्यक्रमको लागी १ करोड ३३ लाख, संघिय समपुर कार्यक्रमको लागी ९० लाख, प्रदेश विशेष कार्यक्रम भनेर ३० लाख र प्रदेश समपुरक भनेर २० लाख गरी कुल ६५ करोड ५६ लाख ९ हजार ४ सय ६५ रुपैया विनयोजन गरेको छ ।

अगामी बजेटको प्राथमिकतमा संक्रामक लगायत सबै प्रकारको रोग र विपदबाट नागरिकको जीवन रक्षा गर्दे जनजीवनलाई सहज र सुरक्षित बनाउने, समाजिक, आर्थिक र भौतिक पुर्वाधार विकास मार्फत उत्थानशील, समुन्त, स्वामित्व एवं समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गदैं जानेछ । लगायत गुणस्तरीय र जीवनपयोगी शिक्षा, सूचना प्रविधिको विस्तार आधारभूत स्वास्थ तथा खानेपानी लगायतका सामाजिक, आर्थिक तथा भौतिक पुर्वाधारको विकास तथा निर्माणलाई पहिलो प्राथमिकतासाथ राखिनेछ भनेर नीति तथा कार्यक्रममा उल्लेख छ ।

पत्रकार सम्मेलनमा नगरप्रमुख वसन्तकुमार मिश्र,उपप्रमुख निरु पोखरेल,प्रमुख प्रशासकीय अधिकृत नवराज खडका,समाजिक विकाश शाखाका संयोजक राजेश यादब र कञ्चनरुप नगरपालिकाका पत्रकारहरु उपस्थिती रहेको थियो । पत्रकार सम्मेलनमा पत्रकार भोला पासवानले अहिले सम्म जनप्रतिनिधिहरु योजना अनुसारको प्रगति प्रतिवेदन सार्वजनिक गर्न नसकेको ,बेरुजूु रकम बारे जानकारी नदिएको,समाजिक विकासमा रकम कम छुट्याएको र पत्रकार हकहितका लागि नगरपालिकाले अहिलेसम्म के कस्तो नीति र कार्यक्रम ल्याएको छ ? भनी प्रश्न गरेका थिए ।

पत्रकार पासवानले कञ्चनरुप नगरपालिकाले आवश्यक सुचनाहरु समयमा उपलब्ध नगराएकोमा ध्यानकर्षण गराएको थियो । कार्यक्रममा उपप्रमुख निरु पोखरेलले विकास निमार्ण र समग्र नगरपालिकामा भएको आय–व्ययको हिसाव उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेका थिए । त्यस्तै कञ्चनरुप नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले कञ्चनरुप नगरपालिकालाई राम्रो बनाउन सबैले सहयोग गर्नुपर्ने र नगरपालिकाले गरेको सकारात्मक कामलाई पनि समाचार बनाईदिन आग्रह गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नवराज खडकाले कञ्चनरुप नगरपालिकामा चालु आर्थिक वर्षमा ८५ प्रतिशतभन्दा बढी काम भएको बताए । उनले भने,‘ हामीले बजेट पनि विषय र क्षेत्रगत हिसामा सुत्रमा अधारित विनयोजन गरेका छौं ।’

प्रतिक्रिया