सप्तरीको सितापुरमा ट्यांकरको ठक्करबाट दुई बालिकाको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

  • असार १२, २0७८
  • 0
...

कञ्चनपुर,असार १२ गते । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ सितापुर स्थित ट्यांकरले दुई किलोमिटरकै दुरीमा दुई वटा माटरसाइकललाई ठक्कर दिदा दई जनाको मृत्युु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत उक्त सडक खण्डमा  पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ७ ख ५४९५ नम्बरको ट्यांकरले स ११ प २५८५ र स २ प ५२४५ नम्बरको मोटरसाइकललाई दिएपछि दुर्घटना भएको हो ।

सितापुरमा भएको दुर्घटनामा २५८५ नम्वरमा सवार रुपनी गाउँपालिका–३ कटैयाका विष्णुदेव परमाणीकी ८ वर्षीया छोरी यसोधा कुमारी परमाणीको मृत्यु भएको छ ।
सोही मोटरसाइकलमा सवार यसोधाकी ३२ वर्षीया आमा सुमनदेवी परमाणी र मामा कुसुमलाल मण्डल घाइते भएका छन् ।

दुर्घटना लगत्तै स्थानीयहरुले सडकमै शव राखेर राजमार्ग अवरुद्ध गरेका छन् । मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र मनोमानी ढंगले ट्यांकर चलाउने चालकलाई कारवाही हुनुपर्ने माग गर्दै उनीहरु सडक अवरुद्ध गरेका हुन् ।

 यसैगरी सितापुरभन्दा करिब २ किलोमिटरको दुरीमा रहेको चाँदनी चौकमा पनि सोही ट्याक्टरले ५२४५ नम्बरको मोटरसाइकल ठक्कर दिएको छ । मोटरसाइकलमा पछाडी सवार कंचनरुप नगरपालिका–६ घोघनपुरका मो.अरणजैबकी ७ वर्षीया छोरी सुमैया प्रविणको मृत्यु भएको छ । यसैगरी सोही मोटरसाइकलमा सवार नविया प्रविण घाइते भएका छन् ।
घाइतेहरुको उपचारको लागि ठेलियास्थित अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र प्रसाद धमलाले बताए ।

प्रतिक्रिया