मधेशको नाममा ‘हम लुटेंगे देश’ : गगन थापा

  • बैशाख २३, २0७६
  • 0
...

अवलोकित दैनिक

श्यामसुन्दर पासवान
कञ्चनपुर,२२ गते बैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले मधेशी दलहरुले तराईमा उठौ मधेश जागौ मधेशको नारा लगाई मधेशको नाममा ‘हम लुटेंगे देश’ भन्ने विश्वासको साथ मधेशी जनताहरुलाई ठगेका छन ।
आईतवार सप्तरीको कञ्चनरुप नगरपालिका वडा ८ स्थित कंचनपुर बेरीयर अन्नपूर्ण बहुमुखि क्यामपमा शुभकामना आदान प्रदान तथा क्षेत्रीय सम्मेलनमा प्रमुख आथितिको आसनबाट सम्बोधन गर्दै  थापाले मधेशका नेताहरुले मधेशको मुदा उठाउनु राम्रो हा,े तर मधेशी शब्द नसुन्ने सामन्तबादी पार्टीहरुसंग मन्त्री बन्ने स्वार्थमा सरकारमा गएको पार्टीहरुसंग अब जनताले सोध्नु पर्ने समय आएको छ । दुई तिहाइ मतले बनेका नेकपाका सरकारद्धारा  संघिय लोकतन्त्र, गणन्त्रणलाई समाप्तगर्न लागी परेका छन । नेपालमा संघियता मन नपराउने संघियताका कुनै काम छैन भन्ने ब्यतिm वर्तमान सरकार केपि आलीनैं हो भनि आरोप समेत लगाएका छन । नेपाली काँग्रेस एकपल्ट हार पश्चात पार्टी कमजोर नभएको, यसलाई अझ मजबुत गरी तराईका मधेशी जनताको समस्या, दलित र मुस्लिमहरुको समस्याहरुलाई समावेश्य गरी एक साथ समाधान गर्ने जनाएका छन ।
सोही कार्यक्रमका वरिष्ठ अथिति नेपाली काँग्रेसका जिल्ला सभापती दिनेश कुमार यादवले राजतन्त्र देखि संघियलोकन्तत्र, गणन्तत्र सम्म नेपाली काँग्रेस पार्टीकै ठूलो भुमिका रहेको यो देशमा नेपाली काँग्रेस नहुदा देश संकटमा जाने बताए । यादवले नेपाली काँग्रेस सप्तरीमा सबै पार्टी भन्दा मजबुत रहेको जनाएका छन ।
क्षेत्रीय सभापती ललन प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व वातावरण मन्त्री हेमराज तातेड, पूर्व सांसद सुकल देव सुतियार, मुनि गुप्ता, जिल्ला कार्य समितिका सचिव राम कुमार यादव, कार्य समितिका कोषाध्यक्ष शिव नारायण चौधरी, नेवि संघका केन्द्रीय सदस्य दिलि सुबेदी, क्षेत्र नम्वर ४ का सभापती महान्नद यादव, राम प्रसाद यादव, नेपाल शिक्षक केन्द्रीय संघका उप सभापती परशुराम यादव, क्षेत्रीय महा संघ समितिका परशुराम चौधरी र युवा नेता उमेश यादव लगायतका नेताहरु आ–आफनो मन्यब्य ब्यतm गरेका थिए ।
कार्यक्रममा नेकपा, संघिय समाजवादी फोरम, राजपा र राष्ट्रिय जनता पार्टीबाट चारसय नेताहरु पार्टी परित्याग गरी नेपाली काँग्रेसमा समावेश्य भएका छन । विभिन्न पार्टी परित्याग गरी आउने नेताहरुलाई प्रमुख अथितिले फुलको माला र अविर लगाई समावेश गराएका थिए ।

प्रतिक्रिया